मास्क नलगाउने व्यक्ति सार्वजनिक यातायातमा चढ्न नपाउने

Posted on: 30 Sep, 2021

असोज १४, काठमाडौँ उपत्यकामा मास्क नलगाउने व्यक्तिलाई सार्वजनिक यातायातमा चढ्न चढ्न रोक लगाउने निर्णय गरिएको छ । बिहीबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

स्थानीय प्रशासनले सार्वजनिक सवारी साधनको ढोकामा अनिवार्य सेनिटाइजरको व्यवस्था गर्न यातायात व्यवसायीहरूलाई निर्देशन दिएको छ ।

कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण प्रशासनले सार्वजनिक सवारी अनिवार्य रूपमा दैनिक सेनिटाइज गर्नुपर्ने निर्णय गरेको छ । चाडपर्वको बेला सवारी साधनको छतमा यात्रा गर्न प्रशासनले प्रतिबन्ध लगाएको छ ।

प्रशासनले आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट खरिद गर्न आग्रह गरेको छ । सार्वजनिक यातायातमा स्वीकृत क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने आदेश पनि लागू हुने भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!