थप १०६६ जनामा कोरोना पुष्टि, १३ सङ्क्रमितको मृत्यु

Posted on: 01 Oct, 2021

असोज १५ ,  काठमाडौँ । पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ३६८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ११३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ८ सय ९८ जना र ३ हजार २५५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९ सय ३८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ७ लाख ६६ हजार ६९६ पुगेको छ । यसै गरी पछिल्लो २४ घण्टामा थप १३ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार १४८ पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!