दुर्घटना बीमा बापतको रकम परिवारलाई हस्तान्तरण

Posted on: 07 Oct, 2021

असोज २१ , काठमाडौँ। जनकल्यण बहुउद्देश्यीय सहकारी संस्था सुनवल ६ विसासयले शेयर सदस्य स्वर्गीय गुन बहादुर सुनारको दुर्घटना बीमा बापतको रकम परिवारलाई हस्तान्तरण गरेको छ । 

संस्थाका शेयर सदस्य सुनारको गत साउन २६ गते दुर्घटनामा परि मृत्यु भएको थियो । शेयर सदस्य स्वर्गीय गुन वहादुर सुनारका छोरा धन वहादुर सुनारलाई घरमै पुगी दुई लाख वरावरको चेक रकम हस्तान्तरण गरेको संस्थाका अध्यक्ष थान प्रसाद गैरेले बताए। जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था शेयर सदस्यहरुको अभिभावक भएको भन्दै दुःख सुखमा शेयर सदस्यहरुको साथमै रहने र शेयर सदस्यहरुलाई एक्लोपनको अनुभुति नगराउने अध्यक्ष गैरेको भनाई छ ।

त्यस्तै संस्थाका सल्लाहाकार संयोजक रुकमागत बस्यालले जनकल्याण बहुउद्देश्य सहकारी संस्थाले बहुउद्देश्यीय कार्यक्रमहरुलाई प्रथामिकता दिईरहेको बताए। संस्थाले आयआर्जन लगाएत विविध कार्यक्रमहरु सँगै प्रत्येक शेयर सदस्यहरुको दुई लाख बराबरको दुर्घटना बीमा गर्नु सराहनीय कार्य भएको सल्लाहाकार संयोजक वस्यालको भनाई छ।

दुर्घटना बीमा रकम हस्तान्तरणमा संस्थाका उपाध्यक्ष पदम प्रसाद काफ्ले , सल्लाहकार सदस्य चन्द्रकान्त पाठक लगाएत कार्यसमिति सदस्य र शेयर सदस्यहरुको समेत उपस्थिति रहेको थियो । संस्थाले आफ्ना शेयर सदस्यहरुको दुर्घटना बाहेक अन्य कारणले मृत्यु भएमा १३ दिन भित्रै २५ हजार रुपैँया परिवारलाई हस्तान्तरण गर्ने र दुर्घटनामा परि मृत्यु भएमा दुर्घटना बीमा बापतको दुई लाख रुपैंया प्रदान गर्दै आइरहेको संस्थाका सचिव ओमकान्त तिमिल्सिनाले जानकारी दिए। लोकपाटीबाट साभार । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!