थप ७६४ जनामा कोरोना पुष्टि, १० सङ्क्रमितको मृत्यु

Posted on: 08 Oct, 2021

असोज २२, काठमाडौँ । पछिल्लो २४ घण्टामा ७ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६ सय ८८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार ४ सय ६६जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ७ सय १५ जना र १ हजार २२२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ३३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ७ लाख ७४ हजार १७३ पुगेको छ । यसै गरी पछिल्लो २४ घण्टामा थप १० सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार २१० पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!