प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

Posted on: 03 Dec, 2021

मंसिर १७, काठमाडौं | प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अस्पतालबाट डिस्चार्ज भएक छन्। कोभिड-१९ को सङ्क्रमण पछि गएको सोमवार सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भएका प्रधानन्यायाधीश जबरा आज शुक्रबार बिहान साढे ९ बजे डिस्चार्ज भएका अस्पतालले जनाएको छ।

निमोनिया समेत भए पछि उनी अस्पताल भर्ना भएका थिए। उनी अस्पताल भर्ना भएपछि सर्वोच्च अदालतमा न्यायिक सम्पादन कार्य प्रभावित हुँदै आएका छन्।

प्रधानन्यायाधीश जबराले आफू बिरामी हुँदा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरुलाई नदिँदा न्याय सम्पादनका काम प्रभावित भएको हो। अस्ति बुधबारदेखि सर्वोच्चको इजलास गठन र पेसी तोक्ने कार्य गोलाप्रथाबाट थालिएको छ। त्यतिबेला प्रधानन्यायाधीश राणा भने अस्पताल भर्ना भएका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!