हुम्लामा कांग्रेसका जीवन बहादुर शाही बिजयी

Posted on: 08 Dec, 2017

मङ्सिर २२, हुम्ला | हुम्लाको ताजा मत परिणाम प्राप्त भएको छ | साझा सबालका हुम्ला सम्बाददाताका अनुसार कांग्रेसका जिवन बहादुर शाहीले ४५१९ मत पाएर बिजयी भएका हुन् ।


यहाँ शाहीका निकटतम प्रतिष्पर्धी माओवादी केन्द्रका विजय भण्डारीलाई ५२६ मतले पराजित गर्दै शाहि निर्वाचित भएका हुन् । माओवादी केन्द्रका विजय भण्डारीले ३९९३ मत प्राप्त गरेका थिए । 

त्यस्तै नयाँ शक्तिका प्रेम शाहीले यहाँ ७२२ मत पाएका छन् |  

हुम्लाको प्रतिनिधि सभामा छक्क बहादुर लामा 

हुम्लामा प्रतिनिधि सभा अन्तर्गत स्वतन्त्र उम्मेद्वार छक्क बहादुर लामा विजयी हुनु भएको छ । उनले ८ हजार ४ सय ९१ मत ल्याई विजयी भएका हुन् । माओवादी केन्द्रले पार्टीको साधारण सदस्य नरहने गरी कारवाही गरेपछि हुम्लामा बाघी उम्मेद्वारको रुपमा उम्मेद्वारी दिएका छक्क बहादुर लामाले सबैलाई छक्क बनाई जित दर्ता गराएका हुन् । 

उनका प्रतिद्वन्द्धी नेपाली काँग्रेसका मंगल बहादुर शाहीले ८ हजार ४ सय ४४ मत ल्याउनु भएको थियो । दुई जनाको मतान्तरलाई हेर्ने हो भने ४७ भोटले छक्क बहादुर  लामा विजयी भएका हुन् । स्वतन्त्र उम्मेद्वारको बढी भोट बदर भएको भएता पनि जित हासिल गर्नु छक्क बहादुर लामाले अहिले हुम्लामा छक्क नै पारेका छन् । उता पार्टीको आधिकारिक उम्मेद्वार छिमी दोर्जे लामाले पनि पार्टीको भोट काटेको भएता पनि विजयी हुनु कम्तीको चुनौती रहेका थिएन ।

प्रदेश 'क' मा बाम गठबन्धनको जित 

उता प्रदेश 'क' तर्फको बाम गठबन्धनका उम्मेद्वार एमालेका दल रावलेले फराकिलो भोटको साथमा विजयी बने । उनले प्रतिद्धवन्दी ठान बहादुर रोकायालाई सहज रुपमा विजयी मत दल रालवले प्राप्त गरेका हुन् । दल रावल हुम्लाको नेकपा एमालेका पार्टी अध्यक्ष समेत हुन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!