'बचाउन सक्छु कि भनेर दौडेर गएको थिएँ तर दुर्घटना देखेर आफै बेहोस् भएछु...'

Posted on: 17 May, 2018

रेशमराज रोकाया | जेठ ३, हुम्ला | बिहानै ६ बजेर १० मिनेटमा सुर्खेत विमानस्थल देखी सिमिकोटको लागि उडान भरेको बेपत्ता मकालु एयरको विमान हुम्लाको खार्पुनाथ गाउँपालिकाको राया गाउँको उत्तरमा रहेको चरन क्षेत्र बाहुनखर्कमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनामा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । पहिला क्याप्टेनको शव फेला परेको थियो भने को पाइलटको शव भने घटनास्थलबाट केही पर फेला परेको थियो । 


विमान १२ हजार ८ सय फिटको उचाईमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । जहाज तीन टुक्रा भएको थियो भने उद्धारमा सिमिकोटबाट उडेको माउन्टेन हेलिकप्टरले दुर्घटनास्थल पत्ता लगाएको हो । दुर्घटनास्थलमा सेना र प्रहरीले गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार हेलिकोप्टर पुगेर उद्धार गरेको बताउनु भयो ।  


मकालु ईयरको नाइन एन अल्फा जुलेट युनिफर्म (एजेयु) कलसाइन रहेको विमानमा चालक किरण भट्टराई र आदित्य नेपालीले उडाएको सुर्खेत विमानस्थल कार्यालयले जनाएको छ । विमान ११ सय ७० किलो कार्गो सामान लिएर सुर्खेतबाट सिमिकोटका लागि उडेको थियो । विमान यसअघि बाजुरामा भेटिएको अपुष्ट खबर आएको भएता पनि हुम्लाको चरन क्षेत्रमा भेटिएको हो । मकालु ईयरको विमानले सुर्खेत देखी हुम्लाको सिमिकोट विमानस्थलमा नियमित सेवा दिईरहेको थियो । मकालु ईयरले ३ वटा एकल ईन्जिन जहाजले सुर्खेत र नेपालगञ्जबाट उडान गर्ने गरेको थियो । सुर्खेतबाट आज विहान ६ बजेर १० मिनेट जाँदा उडेका मकालु ईयरको अल्फा जुलेट ट्याँगो र अल्फा जुलेट युनिफर्म भएको भएता पनि ट्याँगो मात्र सिमिकोट आईपुगेको मकालु ईयरका स्टेशन म्यानेजन लोकेन्द्र रोकायाले जानकारी दिनु भयो । विहान मौसममा केही खराबी आएको कारण चालकदलले पोर भिजिविलिटीको कारण दुर्घटना भएको हुन सक्ने आँकलन रोकायाको रहेको छ । 

मृतक चालक दलका दुवै जनाको लाशलाई सवा ११ बजे सुर्खेत पठाईएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुँगानाले जानकारी दिनु भयो । उद्धारमा खबर पाउने वित्तिकै २ वटा माउण्टेन ईयरको हेलिकोप्टर पठाईएको र दलमा प्रहरी, नेपाली सेना र चिकित्सकको टोली पठाईएको समेत ढुँगानाले बताउनु भयो । विहान मौसम खराबको कारण जहाजले उड्ने रुट हराएको, उत्तरको दिशामा जहाज उड्नु पर्नेमा पश्चिम दक्षिणतिर जाँदा अग्लो पहाडमा ठोकिँदा जहाज दुर्घटना भएको प्रारम्भिक अनुमान भएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुँगानाले बताउनु भयो । 

जहाजको रुट मने लेक सबै भन्दा उचाईमा रहेको भएता पनि करिव उस्तै उचाई भएको पहाडमा ठोक्किएर दुर्घटना भएको हो । हुम्लाको रुटमा मने लेक सबैभन्दा बढी उचाईमा भएको हुनाले जहाजको हरेक यात्रा मने लेक पार गरे पछि सहज हुने अनुमान सबैको रहेको हुन्छ । जहाज दुर्घटना भएको स्थलबाट ३ मिनेटको समयावधीमा सिमिकोट अवतरण गर्न सक्थ्यो । विमानमा कुनै त्यस्तो प्राविधिक समस्या नभएको समेत बुझिएको छ । 

कसरी पत्ता लाग्यो त दुर्घटनाग्रस्त विमान ?

धेरै वेरसम्म अर्को सँगै उडेको मकालु ईयरको अल्फा जुलेट ट्याँगो कलसाईन जहाज सिमिकोट विमानस्थल पुगिसक्दा पनि हुम्ला र बाजुराको विमानस्थल सम्पर्कमा नआए पछि विमानको सम्भावित ठाउँमा खोजी सुरु गरिएको थियो । स्थानिय राया गाउँका लामा रावलले सबैभन्दा पहिला जहाज दुर्घटना भएको खबर हुम्लाका प्रतिनिधी सभा सदस्य छक्क बहादुर लामा र आफन्त देवराज रावललाई सम्पर्क गरेको भएता पनि उहाँहरुले हुम्लाको नागरिक उड्डयन कार्यालय र स्थानिय प्रशासनलाई खबर नगरेको कारण छिटो उद्धार हुन नसकेको बताउनु भयो । आफुले दुर्घटनास्थलमा गएर उद्धार गर्न सक्छुकी भनेर दौडेर गएको भएता पनि घटनाको प्रकृती हेर्दा आफु नै बेहोस् भएको रावलले बताउनु भयो ।

विहान करिब साढे ७ बजे नै आफुले देखेको भएता पनि खबर गर्नको लागि मोबाईलको नेटवर्कको कारण खबर बेलैमा गर्न खबर गर्न नसकिएको स्थानिय प्रत्यक्षदर्शी लामा रावलले जानकारी गराउनु भयो । जहाज दुर्घटना भएको बेला त्यस क्षेत्रमा बाक्लो हुस्सुको साथमा बादल लागेर पानी पर्न लागेको थियो । सायद चालक दलका सदस्यले अगाडीको बाटो नदेखेको हुनुपर्छ, एक्कासी जहाज भिरमा बजारिएको र लडिबुडी गर्दै चरन क्षेत्रमा आईपुगेको समेत रावलले बताउनु भयो । धन्न आगलागी भएन आगलागी भएको भए झन अवस्था भयावह हुने अवस्था थियो रावलले जानकारी दिनु भयो ।

माउण्टेन हेलिकोप्टरको तर्फबाट उद्धारमा गएका सुरज खड्काको अनुसार आफुहरु विहानैदेखी खोजी र उद्धारमा लागेको भएता पनि सवा १० बजे मात्र घटनास्थल फेला परेको बताउनु भयो । दुई वटा हेलिकोप्टरको प्रयोग गरेर पहिलो हेलिकोप्टर बाजुरा, हुम्लाको दक्षिणी भाग अदानचुली गाउँपालिकाको कालिका, श्रीनगर भेगको खोजेको बताउनु भयो । हुम्ला नागरिक उड्डयन कार्यलयले जहाजसँग अन्तिम सम्पर्क बाजुरा हुँदा भएको जानकारी दिए पछि उद्धार टोली बाजुरा देखी हुम्लाको भागमा खोजीमा लागेको थियो । दोस्रो माउण्टेन हेलिकोप्टरले केही समय हुम्लाको भागमा खोजी गर्ने क्रममा जहाज पत्ता लगाएको हो । 

जहाज पहाडमा ठोक्किए पछि जहाजको अघिल्लो भाग ठोकिएको स्थानमा र बाँकी भाग करिब  १ सय मिटर तल रहेको थियो । क्याप्टेन किरण भट्टराईको लाश जहाजको पहिलो भाग भएकै ठाउँमा र अर्का चालक आदित्य नेपाली १ सय मिटर तल उछिट्टिएको अवस्थामा भेटिएका थिए । दुवै चालकको टाउकोको खप्पर फुटेको अवस्थामा रहेको र सिट सहित नै रहेको पाईएको उद्धार टोलीमा संलग्न माउण्टेन हेलिकोप्टरका चालकले जानकारी दिनु भयो । खोजी तथा उद्धारमा गएको हेलिकोप्टरलाई पनि मौसम प्रतिकुलताको कारण खोजीमा कठिनाई भएको, घटनास्थलमा पनि बाख्लो कुहिरोले छोपेको थियो । 

यस अघि हुम्लामा थुप्रै जहाजको दुर्घटना भएको भएता पनि कोही कसैले ज्यान गुमाउनु परेको थिएन । यस अघि ३ पटक सम्म मकालु ईयरको एकल ईन्जिन जहाज विमानस्थलमा प्राविधिक कारणले दुर्घटना भएको भएता पनि एक पटक भने सिमिकोटको दक्षिणी खोलामा रहेको स्याक स्याक नजिक रहेको हुम्ला कर्णालीमा क्याप्टेन साँगे लामाको चालकदलले अवतरण गराउँदा चालक दल सुरक्षित रहेका थिए भने विमान नदीले बगाएर लगेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!