हुम्लामा प्रहरी हिरासतबाटै २ कैंदी फरार भएपछी...

Posted on: 08 Jun, 2018

रेशमराज रोकाया/जेष्ठ २५, हुम्ला | हुम्ला जिल्ला प्रहरी कार्यालयको हिरासतबाट शुक्रबार बिहान २ जना कैदी फरार भएका छन । फरार हुनेमा कर्तब्य ज्यान मुद्दामा पुर्पक्षका लागि ७ महिना अघि कारागार चलान गरिएका चंखेली गाउपालिका वडा नं. ३, मिमिका लोकेन्द्र बुढा र चोरी तथा सार्बजनिक अपराध सम्बन्धी मुद्दाका अभियुक्त खार्पुनाथ गाउपालिका वडा नं. ४ छिप्राका लेखे नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक बिष्णु बहादुर सिंहले जानकारी दिए । लेखे नेपाली धरौटी १० हजार रकम भुक्तान गर्न नसकेर कारागारमा रहेका थिए ।

प्रहरी स्रोतले जानकारी गराए अनुसार थुनामा रहेका कैंदी शुक्रबार विहान २ देखी ३ बजेको समयमा कारागारबाट भागेको हुन सक्ने आशंका गरिएको छ । कैदी भागेको विहान ५ बजेमात्र थाहा भएको प्रहरी निरिक्षक विष्णु बहादुर सिँहले जानकारी गराउनुभयो । कैदी भागेको थाहा हुने वित्तिकै संकास्पद स्थानका प्रहरी परिचालन गरी खोजी गरिरहेको समेत सिँहले बताउनुभयो । जिल्लामा कारागार भवन नहुँदा थुनामा रहेका कैंदीलाई ७ वर्ष देखी जिल्ला प्रहरी कार्यालयको हिरासतमा नै राखिँदै आएको थियो ।

खोजतलासका क्रममा कर्तब्य ज्यान मुद्याका लोकेन्द्र बुढालाई सिमकोट गाउपालिका ८ याङगु गाउ माथिको जंगलमा भागीरहेको अबस्थामा प्रहरीले फेला पारेको छ भने सार्बजनिक अपराध सम्बन्धि मुद्दाका लेखे नेपाली अझै फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रबिन श्रेष्ठले बताए । जिल्ला प्रहरी कार्यालय भित्र २४ सै घण्टा कडा सुरक्षा घेरामा रहेको हिरासतबाट यसरी कैँदी फरार हुँदा शंका उत्पन्न भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!