छात्रवासका विद्यार्थीद्धारा लाखौंको तरकारी उत्पादन

Posted on: 23 Aug, 2017


रेशम राज रोकाया/भदौ ७, हुम्ला । सिमिकोट गाउँपालिकाको वडा नं. ७ मा रहेको हिमाली फिडर छात्रवासका विद्यार्थीले आफ्नो छात्रवास परिसरको जग्गाबाट लाखौंको तरकारी उत्पादन गरेका छन् । 

५वर्ष अघि देखी तरकारी खेती सुरु गरिएको तरकारी खेतीबाट हरेक वर्ष लाखौंको तरकारी विद्यार्थीले फलाउने गरेका छन् । 

एक रोपनी जग्गामा रहेको छात्रवास परिसरको जग्गा ५ वर्ष बाँझो थियो, सबै विदयर्थी लागेर खन्यौं, तरकारीको बिउ भिम सर र कमला म्याडम (होस्टेल ईन्चार्ज) लेल्याउनु भयो, गोडमेल र मल हाले पछि हर्लक्कै तरकारी फल्ने गरेको विद्यार्थी धनकला बुढाथोकीले बताउनु भयो । त्यसै गरी फलफुलका बोट पनि लटरम्म फल्ने गरेको छ । परिसरमा रहेको स्याउ, आरु र चुली भ्याई नभ्याई खाने गरेको विद्यार्थीले बताए । 

२० जना सदरमुकाममा रहेको श्री मानसरोवर नमूना माध्यमिक विद्यालयमा अध्ययनरत रहेका विद्यार्थी कोही साधारण शिक्षा लिन्छन् त कोही कृषि विषय लिएर पढ्ने गरेका छन् । कृषि विषय पढ्ने गरेका विद्यार्थीको सहयोगले अन्य साधारण विषय लिएर पढ्ने गरेका विद्यार्थीले सँगै काम गर्ने गरेका छन् । 

विद्यालयमा पढेको ज्ञानलाई छात्रवास परिसरमा परिक्षण समेत गर्न पाएकोमा विद्यार्थी दंग पर्ने गरेका छन् । त्यसै गरी तरकारी र फलफुलबाट मनग्य आम्दानी गरी छात्रवासको खर्च टरेकोमा छात्रवास संयोजक कमला लामा राई पनि खुसी व्यक्त गर्नु हुन्छ । 

छात्रवास परिसरमा यस वर्ष साउन महिना सम्म बन्दा विक्रि गरी १५ हजार, गोलभेँडाबाट १० हजार, मुलाबाट ७ हजार, प्याजबाट ३ हजार, लसुन, स्याउ, आलुबाट २५ हजार, काँक्रोबाट ११ हजार, स्याउ, आरुबाट २२ हजार गरी लाखौंको आम्दानी गरेका छन् । त्यसै गरी फुलखेतीको व्यापार हुम्लामा नहुने गरेको भएता पनि परिसरमा फुल लटरम्म फुलेका छन् । 

हुम्लामा फुल अझै किन्ने चलन नभएकेले फुललाई मेला पर्व र अन्य समारोहमा वेच्ने लक्ष्य आगामी दिनमा रहेको यस वर्ष १५ देखी २० माला सम्म प्रति माला ५० रुपैंयाँका दरले विक्रि गर्न समेत सुरु गरिएको छात्रवास प्रमुख राईले बताउनु भयो । त्यसै गरी खरायो ५ जोडी १५ सयका दरले विक्री गरिएको र कुखुरा पालनबाट ३१ हजार समेत आम्दानी भएको छ । 


च्याउ भने यो वर्ष परिक्षणको लागि उत्पादन सुरु गरिएको छ । च्याउ खेती राम्रो हुन सकेमा आगामी दिनमा च्याउ खेती गरी यसको व्यवसायिक खेती गर्ने इच्छा भएको विद्यार्थीले बताए । 

सबै जना मिलेर काम गर्दा रमाईलो पनि हुने अर्कोतिर आम्दानी पनि हुने भएकोले छात्रवासको यो कार्य हुम्लामा नै सराहनिय भएको विद्यालयका प्रधानाध्यापक अमर बहादुर शाहीले बताउनु भयो ।

उत्पादन भएको तरकारी छात्रवासमा रहने २२ जना छात्रालाई तरकारी खाएर बचेको मात्र विक्रि गर्ने गरिएको छ । यसरी उपभोग र विक्रि दुबैलाई जोड्ने हो भने तरकारीबाट वर्षेनी २ लाख देखी ३ लाखसम्म आम्दानी गर्न सक्ने सम्भावना रहेको छ । 

जिल्ला कृषि विकास कार्यालयले र नेपालिज् चिल्ड्रेन्स सोसाईटी नाम गैरसरकारी संस्थाले विउ र हरितगृह बनाउनको लागि प्लास्टिक प्रदान गरेपछि उत्पादनमा बेमौसमी तरकारी पनि खेत गर्न सम्भव भएको हो । 

अझ छात्रवासको हातालाई राम्ररी घेराबार गर्न सकेको भए यसलाई थप उत्पादमूखी बनाउन सकिनेमा छात्रवासका कर्मचारी भिम राईले बताउनु भयो । यहाँ कृषिसँग काम गर्ने संस्थालाई सहयोग गर्न बेला बेला अनुरोध गरिएको भएता पनि लगानीलाई प्रतिफलमूखी बनाउनेको लागि भन्दा पनि आँकडामा देखाउनको लागि सामाग्री र प्राविधिक सहयोग गर्ने गरेको समेत राईले बताउनु भयो । 

हुम्लामा मौसमी र बेमौसमी तरकारी खेतीबाट अन्य कृषकले पनि लाखौंको आम्दानी वर्षेनी गर्ने गरेका छन् । माटो मलिलो नभए पनि गोठे मल र सिमित साधन स्रोतको प्रयोगले यहाँका कृषक आम्दानी गरी बालबालिकाको पढाई, घरखर्च लगायतको जुटाउनु सफल हुने गरेका छन् । 

जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाले कृषि सम्वन्धी प्राविधिक, आर्थिक र समाग्री अरबौंको लगानी गरेको भएता पनि प्रतिफलमूख उत्पादन हुन नसक्नु यहाँको दुर्भाग्य भएको सामुदायिक रेडियो कर्णाली आवाजका कृषि कार्यक्रम हातेमालोका उत्पादक रेशम राज रोकायाले बताउनु भयो । 

अझ यसलाई व्यवसायिक तवरले खेती गरेको भए हुम्लाका बेरोजगार युवाले रोजगारी खोज्नको लागि भौतारिने समस्या पनि अन्त हुने र आयआर्जन समेत गर्न बढाउन सकिने रोकायाले बताउनु भयो । 

१ परिसरमा फलाईएको स्याउको साथमा छात्रवास प्रमूख कमला राइ ।
२ विद्यार्थीद्धारा फलाईएको तरकारी । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!