बेमौसमी तरकारीखेती तालीम सम्पन्न

Posted on: 27 Aug, 2017

भदौ ११, हुम्ला। समुदाय विकास कार्यक्रमको आयोजना तथा नेपाल सरकार तथा बेलायत सरकारको सहयोग सञ्चालित बेमौसमी तरकारीखेती सम्बन्धी सातदिने तालीम सम्पन्न भएको छ । 

तालीममा सहभागी सिमिकोट,स्याँडा नाम्खा, मुचु, खार्पुनाथ र सर्केगाड गाउँपालिका सहभागी २५ प्रशिक्षार्थीलाई सिमिकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले प्रमाणपत्र वितरण गर्नुभयो । 

जिल्ला संयोजक राजबहादुर रोकायाले तरकारी बन्दाकोपी, मुला, धनिया, प्याज, लसुन र सागपातलगायतका हिउँदे तथा वर्षे तरकारी स्थानीय स्तरमै उत्पादन हुन थालेकाले सहज र सुपथ मुल्यमा तरकारी पाउन सकिने भएको जानकारी दिनुभयो । रासस (फाइल फोटो)

यस बिषयमा तपाइको प्रतिक्रिया...!