हुम्ला-चीन जोड्ने बाटो पुःन सञ्चालन

Posted on: 14 Jun, 2017


रेशम राज रोकाया/जेठ ३१, हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाबाट चिनको पुराङ्ग काउण्टीसँग जोड्ने सडक मार्ग यस वर्ष सञ्चालनमा आएको छ । 

गएको कार्तिक महिनादेखी भारी हिमपातको कारणले रोकिएको सो सडक खण्ड हिउँ पग्लिएपछि हाल सञ्चालनमा आएको हो । हिमपातले नाम्खादेखी हिल्सा सम्मको सडकखण्डको विभिन्न भागमा बाटो भत्काउँदा हाल सम्म सञ्चालन हुन सकेको थिएन भने हाल सो खण्डमा स्थानिय ठेकेदार मंगल बहादुर लामाको स्काईभेटरले बाटो सफा गरेपछि बाटो खुलेको नाम्खा गाउँपालिका प्रमूख विष्णु लामाले बताउनु भयो । 

हुम्लाको उत्तरी गाउँपालिका हुम्दै चिन र नेपालको व्यवसायिक महत्व राख्ने सडक खण्ड खुलेपछि अब सामान आयात निर्यातमा सहज हुने देखिएको छ । वर्षेनी चिनबाट हुम्लाको स्थानियले त्यस क्षेत्रबाट खाद्यान्न, लुगाकपडा, दैनिक उपभोग्यका सामानको आयात गर्ने गरेका छन् । 

गत वर्ष तत्कालिन प्रधनमन्त्री पुष्पकलम दहाल प्रचण्डले हिल्सा र चिन जोड्ने पुलको समुद्घाटन गरेपश्चात यो क्षेत्रमा अझ व्यवसायिक चहल पहल हुने गरेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!