धमाधम ढल र सडक बन्दै, बाटो झिलिमिली बनाउने तयारी

Posted on: 23 May, 2018

रेशमराज रोकाया | जेठ ९, हुम्ला | हुम्लाको सिमिकोट गाउँपालिका अन्तरगतको सदरमुकाम सिमिकोटमा धमाधम सडक फराकिलो र ढल निर्माणमा तिव्रता आईरहेको छ । असार नजिकिँदै गर्दा अझ यसले गति लिएको छ । हुम्लाको एक मात्र शहरी क्षेत्रमा पर्ने सिमिकोटका हरेक गल्ली, चोकमा यतिखेर ढल र सडक फराकिलो बनाउने कार्य भईरहेको छ ।

यस अघि निर्माण भएका ढल बाटो निर्माण गर्ने क्रममा विग्रेको र कुनै चालु हालतमा नभएको कारण सदरमुकाम सफा राख्नको लागि गाउँपालिकाको कार्यालयले स्थानिय उपभोक्ता समितिलाई ढल निर्माणको लागि जिम्मा दिईएको सिमिकोट गाउँपालिकाका कार्यकारी प्रमूख अर्जुन दर्जीले बताउनु दिनु भयो । सिमिकोटको तिनधारा देखी शिवमन्दिर सम्म र दक्षिणको अस्पतालद्धार सम्मको करिब ३ किलोमिटरको दुरीमा २ करोड ४० लाख बजेटमा उपभोक्ताले द्रुत गतिमा ढल र बाटो विस्तार कार्य भईरहेको छ ।

बाटो ७ मिटरको चौडाईमा बनाउनको लागि ८ वटा उपभोक्ता समिति क्रियाशिल रहेका छन् । सिमिकोट बजारमा अव्यवस्थित रुपमा बनेका घरले बाटो साँघुरो भएको भएता पनि घर अगाडी बाटो फराकिलो बनाउनको लागि आफुले नै बाटोे बनाउनको लागि ७ कोठे भवन भत्काउन आफु अगाडी बढेको स्थानिय अदानसिँह रावतले बताउनु भयो । मेरो घर अगाडी सडक सहज बनाउनका लागि मेरो आधि घर नै भत्कको भए पनि आफुले खुसीले घर भत्काएको र बाटो फराकिलो बनाउन अनुमति दिएको रावतको भनाई रहेको छ । बाटो मात्र नभएर घर अगाडी ढल समेत बन्ने भएपछि सरसफाईमा सहज हुने र सुन्दर सिमिकोट बनाउने कार्यमा आफु लागि परेको स्थानिय लालबहादुर रावतले बताउनु भयो । घर अगाडीको २ मिटर जग्गा बाटो निर्माणमा जाने भएको भएता पनि आफ्नो गाउँ विकसित हुन लागेको खुसीमा नै जग्गाको कुनै माया नराखेर बाटो र ढल निर्माणमा लागेको रावतको भनाई रहेको छ । 

तश्विरमा: स्थानिय उपभोक्ता समिति सिमिकोटमा ढल तथा सडक निर्माण कार्य हुँदै । तश्विर: रेशमराज रोकाया

गाउँपालिकाको कार्यालयले तत्कालिन सिमिकोट गाउँ विकास समिति र जिल्ला विकास समितिले निर्माण गरेको ढल हाल बाटो फराकिलो बनाउने क्रममा काम नलाग्ने भए पछि पुःन ढल निर्माण गर्नु पर्ने भएकोले दोहोरो लगानी गर्नु पर्ने अवस्था आएको छ । पुरानो ढलमा प्रयोग भएका स्लापलाई प्रयोगमा ल्याई केही लागत घटाउने कार्यमा सिमिकोट गाउँपालिकाको कार्यालय लागिपरेको छ । 

हुम्लाको नमूना गाउँपालिका बनाउनको लागि हाल कार्य भईरहेको छ । हरेक चोक र बाटोमा सोलार रहित स्ट्रिट ल्याम्प समेत जडान गर्न लागिएको छ । त्यसको लागि टेण्डर प्रक्रिया अगाडी बढेर केही दिनमा नै बत्ती जडान गरिने भएको छ । ३० लाख बजेटमा सिमिकोटका चोक र गल्लीमा बत्ती जडान गरिँदा अपराधिक क्रियाकलाप र बाटो हिँड्ने बटुवालाई सहज हुने भएको छ । 

असार मसान्त सम्म सम्पन्न हुने गरी हाल उपभोक्ता समिति रात दिन काममा लागिपरेका छन् । बाटो फराकिलो र ढल निर्माण गरिँदा बटुवालाई धुवाँ र धुलोले हैरान पारेको भएता पनि गाउँमा विकास हुन लाग्दा सबै दंग देखिएका छन् । सिमिकोटमा गुड्ने ट्रयाक्टरलाई ढुँगा र निर्माण सामाग्री ओसार्नमा भ्याई नभ्याई भईरहेको छ । बाटो बनेपछि हाल एक लेनको बाटो दोहोरा लेन हुँदा गाडी चलाउन समेत सहज हुने भएकोले गाडी धनीलाई सहज हुने भएको छ । हाल सिमिकोटमा ५ वटा ट्रयाक्टर र ५ वटा बोलेर जिप चल्न थालेका छन् । हाल हुम्लामा ढुँगाको एक ट्रली ट्रयाक्टरको २० हजार देखी २५ हजारको दरमा विक्रि भईरहेको छ । बाटोको छेउमा ग्याविन युक्त पर्खाल बनाउने, घर निर्माणलाई व्यवस्थित गर्ने समेत कार्य भईरहेको छ । निर्माणमा आवश्यक पर्ने गिट्टी विक्रि गरेर स्थानिय महिलाले पनि यसबाट राम्रो आम्दानी समेत गरिरहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!