हुम्लामा माओवादी लहर: माओवादी केन्द्र ४, एमाले १, काँग्रेस १ गाउँपालिकामा विजयी

Posted on: 18 May, 2017

रेशम राज रोकाया/जेठ ४,  हुम्ला । हुम्लाको ७ गाउँपालिका मध्ये ६ वटा गाउँपालिकाको नतिजा आएको छ । 

जसमध्ये मओवादी केन्द्रले ४, नेकपा एमालेले १ र नेपाली काँग्रेसले १ स्थानमा विजयी प्राप्त गरेको छ । ताँजाकोटमा माओवादीका बागदल छत्याल, चंखेलीमा माओवादी केन्द्रका धनलाल चौलागाई (आह्वान) अदानचुलीमा एमालेका दल फडेरा, सिमिकोटमा नेपाली काँगेसका पदम लामा प्रमूखमा र माओवादी केन्द्रका बली रावत विजयी भएका छन् । जिल्लाको चिन सिमानामा रहेको नाम्खा गाउँपालिकाको प्रमूखमा विष्णु लामा र उपप्रमूखमा पेमालामु लामा विजयी हुनु भएको छ । 

सर्केगाड गाउँपालिकामा भने फेरी माओवादी केन्द्रका उम्मेद्वार कृष्ण रोकाया (करुण), नेकपा एमालेका उपप्रमूखमा जोशी धामी विजयी भएका छन् । सर्केगाडको वडा नं. ६ मा नेपाली काँग्रेसको तर्फबाट खड्कनन्द ऐडी विजयी भएका छन् भने १ सदस्यमाओवादी केन्द्र बाहेक काँग्रेसले विनयी गरेको छ । वडा नं. १ मा नेकपा एमालेका गोकुल बुढा, वा नं. २ मा माओवादी केन्द्रको विषे फडेरा अध्यक्ष सहित पुरै प्यानल माओवादी केन्द्रले विजय हासिल गरेको छ । 

त्यसै गरी खार्पुनाथ गाउँपालिकाको मतदान स्थगित भई मतदान हुन सकिरहेको छैन । खार्पुनाथ गाउँपालिकाको मान्धारा माध्यमिक केन्द्रमा नेपाली काँग्रेसका कार्यकर्ताले बुथ कब्जा गर्न खोज्दा मतदान कार्य रोकिएको छ । 

सोही केन्द्रमा नेकपा एमाले, मोवादी केन्द्र, नयाँ शक्ति नेपाल लगायतका पार्टीले पुःन मतदान गर्न पाउनु पर्ने मागका साथ जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा ज्ञापन पत्र बुझाएका छन् भने उता हुम्ला मा.वि. रायामा एमालेका महिला सदस्य उम्मेद्वारको असामायिक निधनको कारणले भोली ५ गते मात्र निर्वाचन हुन लागिरहेको छ । 

विजयी उम्म्द्वारको नाम:

क्र.सं. गाउँपालिका      प्रमूख                 उपप्रमूख पार्टी

१. ताँजाकोट  बागदल छत्याल,           मञ्जु बुढा    माओवादी केन्द्र

अदानचुली  दल रावल,                   सौमती बुढा     नेकपा एमाले

३. सर्केगाड  कृष्ण रोकाया (करुण,)   जोशी धामी माओवादी केन्द्र, प्रमूख, नेकपा एमाले उपप्रमूख

४. सिमिकोट  पदम लामा बली रावत,    प्रमूख नेपाली काँग्रेस, उपप्रमूख नेकपा माओवादी केन्द्र

५. नाम्खा         विष्णु लामा, पेमा लामा    माओवादी केन्द्र प्रमूख, उपप्रमूख स्वतन्त्र


यस बिषयमा तपाइको प्रतिक्रिया...!