हुम्लामा माओवादी केन्द्र १ र एमाले १ ठाउँमा विजयी

Posted on: 17 May, 2017

वडा पालिकामा माओवादी केन्द्रको अग्रता

रेशम राज रोकाया | हुम्लाका ७ वटा गाउँपालिका मध्ये ६ वटा गाउँपालिकामा तिव्र गतीमा मतगणना जारी रहेको छ । हाल सम्म गणना भएको मतमा ताँजाकोट गाउँपालिकामा माओवादी केन्द्रको प्रमूख बाघदल छत्याल र उपप्रमूख मञ्जु बुढा विजयी भएका छन् । सोही पालिकाको वडा नं. १ मा माओवादी केन्द्रको अध्यक्ष विरमान खड्काको पुरा प्यानल विजयी भएको छ भने नेपाली काँग्रेसका अध्यक्ष अजमल बुढा सदस्य एमालेका विजयी भएका छन् । वडा नं. ३, ४, ५ मा सबै माओवादी केन्द्रका प्यानलनै विजयी भएका छन् ।

उता एमालेले पनि विजयी उद्घाटन गरेको छ । जिल्लाको दक्षिणी भेग अदानचुली गाउँ.पालिकामा गाउँपालिका प्रमूखमा दल रावल र उपप्रमूखमा सौमती ऐडी विजयी हुनु भएको छ । सोही गाउँपालिकाको वडा नं. १ मा माोवादी केन्द्रका रग थापाको पुरै प्यानल, २ मा एमालेको दल बुढाको पुरै प्यानल, ३ मा एमालेको अध्यक्ष दत्त विष्टको पुरै प्यानल, ४ मा माओवादी केन्द्रका विष्ण्ु थापाको पुरै प्यानल विजयी भएका छन् । त्यसै गरी सिमिकोट गाउँपालिकाको वडा नं. १ मा नेपाली काँग्रेसका तारा ब. लामा सहित १ सदस्य माओवादी, ३ सदस्य एमालेले विजयी भएको छ । २ नं. मा भने माओवादीका नर भण्डारी विजयी हुनु भएको छ । उता वडा नं. ४ मा काँग्रेसका कृष्ण रोकायाको पुरै प्यानल, ५ मा स्वतन्त्र उम्मेद्वार छविचन्द्र लामा, माओवादी सदस्य १, स्वतन्त्र सदस्य १ र काँग्रेस २ सदस्य, वडा नं. ६ मा जयचन्द्र रोकाया माओवादी केन्द्रका विजयी भएका छन् । गाउँपालिका प्रमूखमा अहिले काँग्रेसका पदम लामाले अग्रता लिईरहनु भएको छ हाल साविक सिमिकोट गाविसका वडा, ठेहे  बरगाउँको वडामा मतगणना सकिएको छ, डाँडाफया र स्याँडा २ साविक गाविसको मतगणना बाँकी रहेको छ । अघि राती साढे ९ बजे सम्मको मत अनुसार नेपाली काँग्रेसका पदम लामा १००४, नेकपा एमालेका नर ब. रोकायाको ७२८, माओवादी केन्द्रका महेन्द्र बहादुर शाहीको ६३० मत रहेको छ ।

त्यसै गरी जिल्लाको मध्य भागको सर्केगाड गाउँपालिकामा वडा नं. ८ मा माओवादी केन्द्रका ट्यारे रोकायाको पुरै प्यानल, ४ मा एमालेका बलवीर थापा, ५ मा स्वतन्त्र उम्मेद्वार विजयी भएका छन् भने गाउँपालिकाको प्रमूखमा माओवादी केन्द्रका कृष्ण रोकाया र उपप्रमूखमा एमालेका जोशी धामीको अग्रता कायम रहेको छ । 

चंखेली गाउँपालिकाकामा वडा नं. १ मा माओवादी केन्द्रका नन्द ब. बोहोरा अध्यक्षमा विजयी भएका छन्  भने गाउँपालिका अन्तरगत माओवादी केन्द्रले अग्रता लिएको छ । जिल्लाका वडा अनि गाउँपालिकामा विजयी उम्मेद्वारले विजयी र्याली निकाली रहेको छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!