आजैदेखि विकसित देश बनाउने प्रण गरौंः प्रधानमन्त्री

Posted on: 14 Apr, 2018

बैशाख १, हुम्ला | प्रधानमन्त्री केपी शर्मा ओलीले आजैदेखि विकसित देश बनाउने प्रण गर्न अपिल गर्नुभएको छ ।

हुम्लाको सिमिकोटमा भएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुक सधैं पछाडि रहन नसक्ने बताउनुभयो । ‘‘अब देशलाई विकसित बनाइन्छ,’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘पछाडि परेको देशलाई विकसित बनाउने प्रण गरौं ।’’


प्रधानमन्त्रीले भूगोल जस्तोसुकै भए पनि सबै ठाउँको महत्व उत्तिकै रहेको बताउनुभयो । ‘‘भूगोल सजिलो पनि हुन सक्छ, अप्ठ्यारो पनि हुन सक्छ,’’ उहा“को भनाइ थियो, ‘‘सबै ठाउ“को महत्व आ–आफ्नै छ ।’’

प्रधानमन्त्रीले कर्णालीको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको बताउ“दै अनुकरणीय प्रदेश बनाइछाड्ने प्रतिबद्धता जनाउनुभयो । कर्णालीबाट जडिबुटिको प्रबद्र्धन गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने विश्वास दिलाउनुभयो ।

सभा अगाडि प्रधानमन्त्रीले मुगुको छायानाथ, हिल्सा–सिमिकोट सडक, हिल्सा नाका तथा हुम्लाका सातवटै स्थानीय निकायको हवाई निरीक्षण गर्नुभएको थियो ।

प्रधानमन्त्रीसमक्ष स्थानीयबासीले हवाई तथा सडक, कृषि, स्वास्थ्यलगायतका माग प्रस्तुत गर्नुभएको थियो । स्थानीयका माग पूरा गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता दिलाउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!