हुम्लामा दुई फिट हिमपात

Posted on: 13 Mar, 2017

फागुन ३०, हुम्ला । जिल्लामा दुई फिट हिमपात भएको छ । 

गत फागुन २६ गतेदेखि लगातार भारी हिमपात भइरहेको छ । सदरमुकाम सिमीकोटमा अत्यधिक चिसो बढेको छ । जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयमा कर्मचारी आगो बालेर बसिरहेका छन् । जाडो बढेपछि ती कार्यालयको कामकाजसमेत प्रभावित भएको छ । 

उत्तरी भेगका बासिन्दा उपभोग्य सामग्री र नागरिकता लिन सिमीकोट आउन सकेका छैनन् । हिमपातका कारण बाटो अवरुद्ध भएको डाँडाफायास्थित कर्णाली प्रस्तावित मावि चौगनफायाका शिक्षक रामराज शाहीले टेलिफोनमा बताउनुभयो । 

हिमपातका कारण हिल्दुम साना जलविद्युत् आयोजना गत फागुन २१ गतेदेखि बन्द भएको छ । आयोजना बन्द भएपछि दियालो बाल्न बाध्य भएको स्थानीय बासिन्दा तुला सिंहले जानकारी दिनुभयो । टेलिफोन सेवासमेत एक हप्तादेखि अवरुद्ध छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!