हुम्लामा आगलागीबाट १२ घरमा क्षति

Posted on: 28 Jan, 2018

माघ १४, हुम्ला | सर्के गाउँपालिका वडा नं ७ रोडिकोट, कार्कीबाडामा आगलागी हुँदा १२ घर नष्ट भएका छन् । 

उक्त आगलागीबाट खड्क कार्की, जयबहादुर कार्की र शेरबहादुर कार्कीका घरमा राखिएका घाँस पनि जलेको छ । सो आगो प्रहरीचौकीका जवान र स्थानीयवासीको सहयोगले नियन्त्रणमा लिइएको वडाध्यक्ष कृष्णबहादुर जोशीले जानकारी दिनुभयो । 

हावाहुरीले छाना उडायो 

सहारा समूह संस्था हुम्ला सिमीकोटले चलाएको विकलाङ्गहरु रहने छात्रावासको छानो हुरीले उडाउँदा रु छ लाख क्षति पुगेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कमलप्रसाद नेपालले पीडितलाई राहत दिन जिल्ला प्रशासन कार्यालयसँग माग गरिएको जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!