हुम्लामा हेलिकोप्टरको पंखाले लागेर एकको मृत्यु

Posted on: 14 Aug, 2018

 रेशमराज रोकाया | साउन  २९, हुम्ला | हुम्लाको हिल्सा हेलिप्याडमा मनाङ्ग ईयरको हेलिकोप्टरको पंखाले काटेर एक जना भारतिय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको मुम्बई घर भई हुम्लाको हिल्सा नाका हुँदै कैलाश मानसरोवर दर्शन गर्न आएको नागेन्द्र कुमार कार्तिक मेहता भएको बुझिएको छ । मनाङ्ग ईयरको नाईन एन्. ए.एम्. भी. हेलिकोप्टरको पछिल्लो टेलमा भएको पंखाले काट्दा यस्तो घटना भएको हो ।


कैलाश ट्रेकको जिम्मामा चिनको पवित्र धार्मिक स्थल कैलाश मानसरोवर दर्शनको लागि हुम्लाको मार्ग हुँदै हुम्ला र चिनको सिमा हिल्सा हेलिप्याडमा अहिले ५ बजे घटना भएको प्रहरी नायब निरिक्षक करण चन्दले बताउनु भयो । घटना के कसरी भएको हो भन्ने बारेमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थल तर्फ गएको समेत प्रहरी स्रोतले जानकारी दिएको छ । भारत गणराज्यको पासपोर्ट नं. Z3385248 भएका मेहतालाई हेलिकोप्टरको पछिल्लो टेलमा भएको पंखाले काटेर हेलिकोप्टर प्याडमा नै सञ्चालनमा भएको बेला काटेको समाचारमा उल्लेख गरिएको छ । हेलिकोप्टरले यात्रुलाई हिल्सा हेलिप्याडमा पुर्याईसके पछि सिमिकोट तर्फ उडानको तयारीको क्रममा भारतिय नागरिक हिलकोप्टरको पछिल्लोभाग तर्फ गएकोले यस्तो हुन सक्ने प्रारम्भिक अनुसन्धानले जनाएकोछ । घटनाको थप विवरण आउन अझै बाँकी नै रहेको छ । मृतक मेहता ४२ वर्षका भारतिय नागरिक रहेका थिए ।

हुम्लामा यस अघि कोही भारतिय तिर्थ यात्रीको मृत्यु हुनेको संख्या ११ जना पुगिसकेको छ । कोही घोडाबाट लडेर त कोही लेक लागेर मृत्यु हुनेको संख्या यो वर्ष गत वर्षका भन्दा बढेको छ । हिल्साको हेलिप्याडमा व्यवस्थित सुरक्षा व्यवस्था नहुनु, तिर्थयात्रीको जिम्मा लिएका कम्पनीले पनि यथोचित व्यवस्था नहुनु लगायतका कारणले हुम्लामा भारतिय नागरिकको मृत्यु हुने गरेको छ ।  घटनास्थल हुम्लाबाट हेलिकोप्टरबाट १५ मिनेटको समयाअवधीमा पुग्न सकिन्छ । यस अघि व्यवस्थित हेलिप्याड नभएको भएता पनि यसै वर्ष  सो हेलिप्याडको उद्घाटन भएको थियो । शवलाई प्रहरी मुचुल्का अध्ययन पछि सदरमुकाम सिमिकोट ल्याईने र परिवारलाई जिम्मा लगाईने व्यवस्था मिलाईने भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!