हुम्लाका जेष्ठ नागरिकलाई कम्मल वितरण

Posted on: 04 Dec, 2018

मङ्सिर १८, हुम्ला | अदानचुली गाउँपालिका–४ ले आफ्नो वडाका ७२ ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो कम्मल वितरण गरेको छ । वडाको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकलाई कम्मल वितरण गरेको वडाध्यक्ष विष्णु थापाले जानकारी दिनुभयो । 

वडा परिषद्ले चालु आर्थिक वर्षको वार्षिक बजेटबाट विनियोजन गरेको रु दुई लाख रकमले वडामा भएका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्ग गरी ७२ लाई कम्मल वितरण गरेको हो । वडाभित्रका २२ जना ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, २४ जना एकल महिला र परिचयपत्र भएका १३ जना अपाङ्गता भएका व्यक्तिलाई सोमबार कम्मल वितरण गरेको वडाध्यक्ष थापाले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!