हुम्लामा चार दिनपछि हवाई सेवा शुरु

Posted on: 02 Mar, 2019

फागुन १८, हुम्ला | हिमाली जिल्ला हुम्लामा चार दिनपछि हवाई उडान सञ्चालनमा आएको छ । मङ्गलबारदेखि निरन्तर हिमपात हँुदा यहाँको एक मात्र यातायात सेवा बन्द हुन पुगेको थियो । हिमपातले यहाँको जनजीवन अस्तव्यस्त भई दैनिक उपभोग्य सामग्रीको अभाव भएको थियो । 

शुक्रबार विमानस्थलको हिउँ पन्छाएपछि आजदेखि निजी तथा सरकारी एयरलाइन्सले उडान भरेका हुन् । नेपाल एयरलाइन्सले आज नेपालगञ्जबाट हुम्लाको लागि उडान भरेको हो । आज निजी एयरलाइन्सले नेपालगञ्ज र सुर्खेतबाट नेपाल खाद्य संस्थानको चामल ढुवानी गरेको सिमकोट विमानस्थलका कर्मचारी राजबहादुर बोहराले बताउनुभयो । 

जिल्लामा चार दिनसम्म हवाई उडान नहुँदा सिमकोटमा दैनिक उपभोग्य सामग्रीको समेत अभाव हुँदै आएको थियो । कुखुराको मासु, माछा, तरकारी, तेललगायत अन्य सामग्री नेपालगञ्ज र सुर्खेतबाट हुम्ला भित्रने गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!