कर्णाली नदिमा बेपत्ता भएका मध्ये ६ जनाको परिचय खुल्यो (नाम सहित)

Posted on: 18 Jun, 2019

असार ३, काठमाडौँ | कर्णाली नदिमा जीप दुर्घटना हुदा दर्जन बढी वेपत्ता भएको हुनसक्ने आशंका गरिएको छ । हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट याक्चु कुना जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप गाढी बेणु बिसौना र कैलेबालुको बिच खण्डबाट कर्णाली नदिमा खसेको हो । 

जीप खस्दा जीपमा सवार दर्जन भन्दा बढी बेपत्ता भएका छन्  । जीपमा एकिन कति जना सवार थिए भन्ने थाहा नभएपनि ६ जनाको परिचय खुलेको छ ।  खार्पुनाथ गाउँपालिकाका एक अधिकारीले दिएको जानकारी अनुसार जीपमा गाउँपालिकाकि उपप्रमुख शिन्दु हमाल शाही, उनको भाई चन्द्र हमाल, जीपका चालक मणि शाही, सोहि गाउँपालिकाकि वसन्ती शाही, नन्ददेवी सिंह र ढुकु भण्डारी सवार थिए । बाँकी कति जना उक्त जीपमा सवार थिए भन्ने एकिन छैन । जिल्लाबाट आएका केहि स्रोतको समाचार अनुसार उक्त जीपमा १६ जना रहेको भनिएको छ ।  

खार्पूनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलका अनुसार उक्त जिप हुम्लाको सिमिकोटबाट गाउँपालिका कार्यालय आउने क्रममा करिब साढे १२ बजे बाटोबाट कर्णालीमा खसेर दुर्घटनामा परेको बताएका छन् । 

जीपनै कर्णाली नदीमा खसेर बेपत्ता भएपछि अहिले नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको प्रयासमा उद्धारको प्रयास भईरहेको छ । नदीमा खसेको जीप केहि बेरमै नदीमा डुबेपछी कहाँनेर डुब्यो भन्ने थाहा छैन । घटना लगत्तै सिमकोट विमानस्थलबाटै फिस्टेल एयरको हेलिकप्टर मार्फत घटनास्थलमा सुरक्षा निकाय पुगेर खोजि कार्य गरिरहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!