समाज | हुम्ला - HML


दुई पक्षबीच झडप हुँदा गर्भवती महिला घाइते

Posted on January 17, 2021 | views : 1410 | हुम्ला - HML

माघ ४, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाका श्रीमान्लाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो । पहिलाका श्रीमान् धनराज शाही र दोस्रोसँग विवाह गरेका उमेश शाहीबीच विवाद हुँदा पहिलो श्रीमान् पक्षले ती महिला

Read More

लिमी गाउँ पाँच महिनाका लागि बन्द

Posted on January 15, 2021 | views : 1174 | हुम्ला - HML

माघ २, सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका पाँच महिनाका लागि आवतजावत बन्द भएको छ । केही दिन अगाडि परेको हिमपातले उत्तरी नाम्खा गाउँपालिकामा पर्ने लिमी गाउँ पाँच महिनाका लागि बन्द भएको छ ।  लिमी प्रवेश गर्ने दुईवटै नाका हिमपातपछि बन्द हुँदा लिमी जाने अर्को कुनै विकल्प नभएपछि पाँच महिनाका

Read More

आर्थिक अभावले तीन वर्षदेखि ओछ्यानमै

Posted on January 14, 2021 | views : 1356 | हुम्ला - HML

माघ १, सिमिकोट | तीन वर्ष अगाडि लडेर टाउकोको नशा च्यापिएर बिरामी भएका एक युवकको अर्थाभावका कारण उपचारमा समस्या भएको छ । स्थानीय र जिल्लामा उपचार गर्दा निको नभएपछि अर्थाभावले जिल्ला बाहिर लगिए पनि उपचार गर्न समस्या भएको हो । घरको आर्थिक अवस्था कमजोर भएपछि जिल्लाको दक्षिण क्षेत्रको चङ्खेली गाउँपालिका–

Read More

कोरोना सङ्क्रमितको हुम्लाबाट हेलिकप्टरमार्फत उद्धार

Posted on January 11, 2021 | views : 1587 | हुम्ला - HML

पुस २७, हुम्ला | हुम्लाको सिटिजन बैंक शाखा कार्यालय सिमकोटमा कार्यरत एक जना कोरोना सङ्क्रमितको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बैंकमा कार्यरत पाँच कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा दुईमा कोरोना देखिएपछि एकको अवस्था जटिल भएको जिल्ला बाहिर हेलिकप्टरमार्फत उद्धार गरीएको जिल्ला अस्प

Read More

हुम्लामा चिसो बढ्यो, जनजीवन कष्टकर

Posted on January 06, 2021 | views : 1374 | हुम्ला - HML

पुस २२, हुम्ला | हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो ।  आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भ

Read More

हिउँले रोकिएका दुई जहाजको उडान

Posted on January 04, 2021 | views : 1790 | हुम्ला - HML

पुस २०, हुम्ला | हिमपातका कारण हुम्लाको सिमकोट विमानस्थलमा रोकिएको तारा एयरलाइन्सका दुई जहाजले आज उडान भरेका छन् । आइतबार बिहान नेपालगञ्जबाट उडान भरेका उक्त जहाज मध्यान्हपछि हिमपात हुँदा रोकिएका थिए । हिमपातले विमानस्थलमा रोकिएका जहाजले आज मात्रै उडान भरेको सिमकोट विमानस्थलले जानकारी दिएको छ । जहाजम

Read More

हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर

Posted on January 03, 2021 | views : 1340 | हुम्ला - HML

पुस १९, हुम्ला | हुम्लामा आज अपराह्न साढे १ः०० बजेदेखि निरन्तर हिमपात भइरहेको छ । शनिबार बिहानबाट जिल्लाको मौसममा फेरबदल आएसँगै सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा हिमपात हुँदा चिसो अत्यधिक बढेको छ ।  जिल्लामा पहिलो पटक मङ्सिरमा हिमपात भएको थियो भने त्यसयता हिमपात नहुँदा चिसो ह्वात्तै बढेको छ

Read More

हुम्लामा घरदैलोमै स्वास्थ्य सेवा

Posted on December 09, 2020 | views : 1369 | हुम्ला - HML

मङ्सिर २४, सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकाले यो आर्थिक वर्षदेखि स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन शुरु गरेको छ । घरदैलो स्वास्थ शिक्षा कार्यक्रम हरेक महिनाको २१ र २२ गते नियमीत सञ्चालन गरिँदै आएको छ । यो कार्यक्रम विषेश गरी फरक क्षमता भएका, ज्ये

Read More

हुम्लामा टावरको क्षमताभन्दा सिम बढी वितरण

Posted on December 08, 2020 | views : 1364 | हुम्ला - HML

मङ्सिर २३, सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा एक हप्तादेखि नेपाल टेलिकमको टेलिफोन सेवामा समस्या आएको छ । मोबाइलमा नेटवर्क देखाए तापनि पाँच,छ पटक डायल गरेपछि बल्ल घण्टी जाने गरेको, आवाज नसुनिने गरेको र  कुराकानी गर्दागर्दै सम्पर्क विच्छेद हुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । स्थानीयवासी र

Read More

हुम्लामा जिप दुर्घटना चारको मृत्यु सात जना घाइते

Posted on December 05, 2020 | views : 1517 | हुम्ला - HML

मङ्सिर २०, सिमकोट (रासस) । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना घाइते भएका छन् ।  सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता ह

Read More

हुम्लाका कोरोना सङ्क्रमित बालबालिकालाई कम्बलसहित स्वास्थ्य सामग्री सहयोग

Posted on November 25, 2020 | views : 1317 | हुम्ला - HML

मङ्सिर १०, सिमकोट । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेका कोरोना सङ्क्रमित बालबालिकासहित शिक्षक कर्मचारीलाई युनिसेफ नेपालगञ्जले निःशुल्क स्वास्थ्य सामग्री सहयोग गरेको छ । मङ्गलबार युनिसेफ नेपालगञ्जले ५६ कोरोना सङ्क्रमितलाई स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरेको हो । याल्वाङमा रहेको महाबौद्ध माध्य

Read More

समुदायस्तरमा फैलियो कोरोना, एकै संक्रमित काठमाडौँ ल्याउन १० लाख खर्च

Posted on November 18, 2020 | views : 1619 | हुम्ला - HML

मङ्सिर ३, हुम्ला | हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङमा पहिलो दिन चार जनामा देखिएको कोरोना भाइरस अहिले समुदायस्तरमै फैलिएको छ । पालिका केन्द्र याल्वाङमा रहेको महाबौद्ध माध्यामिक विद्यालयको होस्टलमा रहेका छात्रछात्रा र शिक्षक कर्मचारीमा देखिएको कोरोना अहिले गाउँस्तरमै फैलिएको

Read More

हुम्लाको अदानचुली गाउँपालिकाले बाँड्यो २४० सुधारिएका चुल्हा

Posted on November 13, 2020 | views : 1356 | हुम्ला - HML

कार्त्तिक २८,  सिमकोट । हुम्लाको अदानचुली गाउँपालिकाले २४० वटा सुधारिएका चुल्हा निःशुल्क वितरण गरेको छ । सरकारले अघि सारेको दिगो विकास लक्ष्यअनुसार गाउँपालिकालाई आगामी तीन वर्षभित्रमा धुँवारहित गाउँपालिका घोषणा गर्ने योजनाअनुसार वडा नम्बर १ का सबै घुरधुरीलाई पुग्ने गरेर सुधारिएको फलामे चुल्हो व

Read More

अत्यधिक चिसोले हुम्लामा पानीको धारामा बरफ जम्न थाल्यो

Posted on November 09, 2020 | views : 1725 | हुम्ला - HML

कात्तिक २४, हुम्ला | हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो ।  रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा बरफ जम्न थालेको छ

Read More

सिमकोटमा विद्युत् सेवा अवरुद्ध : चार दिनदेखि अन्धकार

Posted on November 06, 2020 | views : 1035 | हुम्ला - HML

कार्त्तिक २१, सिमकोट। हुम्लाको सिमकोट गाउँपालिका–७ को १५० घरधुरी चार दिनदेखि अन्धकारमा बस्दै आएको छ । हिल्सा–सिमकोट सडकखण्डको सडक चौडा गर्ने क्रममा डोजरले वडा नं ७ को चौकेधारामा विद्युत्को पोल ढाल्दा चार दिनदेखि यहाँका स्थानीय अन्धकारमा बस्दै आएका छन् ।  साविकको डाडाफयाको जबुका, थाया, ओखरेन, चु

Read More

हुम्लाको चेला सामुदायिक वनमा भीषण आगलागी

Posted on October 30, 2020 | views : 1780 | हुम्ला - HML

कात्तिक १४, हुम्ला | हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसो भीषण आगलागी भएको छ ।  चेला वनबाट शुरु भएको आगो सिङमच्छिउ सामुदायिक वन हुँदै बल्देजुडासम्म पुगेको त्यहाँका स्थानीयवासीले बताएका छन् । बिहीबार दिउँसो १२ बजेतिर लागेको आगो प्रहरी र 

Read More

आलु, फर्सी, करेला, प्याज, काँक्रो, मुला, स्याउको बलि दिएर मनाइयो दशैँ

Posted on October 29, 2020 | views : 2071 | हुम्ला - HML

कात्तिक १३, हुम्ला | च्याङ्ग्रा, खसी नआएपछि स्थानीय बासिन्दाले तरकारी (आलु, फर्सी, करेला, प्याज, काँक्रो, मुला, स्याउ) आदि काटेर दुर्गा भवानीका लागि बलि दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण जिल्लाका विभिन्न नाका बन्द भएपछि खसीको अभाव देखिएको हो । विगतका वर्षमा जिल्लाको उत्तरी नाका

Read More

मदिराको मातमा गाउँपालिकाको गाडी तोडफोड

Posted on October 19, 2020 | views : 1121 | हुम्ला - HML

कार्त्तिक ३, सिमकोट । मदिरा सेवन गरेर मातिएका एक जनाले हुम्लाको ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गरेका छन् । पार्किङ्ग गरेर राखिएको गाउँपालिकाको गाडी तोडफोड गरिएको छ ।  छिमेकी जिल्ला बाजुराको हिमाली गाउँपालिका ४ का लक्ष्मण मल्लले मदिराको मातमा शनिबार अपराह्न गाडी तोडफोड गरेको गाउँपालिका उपाध्य

Read More

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार नाघ्यो

Posted on October 07, 2020 | views : 4350 | हुम्ला - HML

असोज २१, कर्णाली (रासस) । कोरोना भाइरसबाट सङ्क्रमित हुने क्रम बढ्दै गएपछि कर्णालीमा सङ्क्रमित हुनेको सङ्ख्या चार हजार नाघेको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार सङ्क्रमितहरुको सङ्ख्या आज ६९ थपिएका छन् । आज ६९ व्यक्तिमा सङ

Read More

कर्णालीमा थप ५१ सङ्क्रमित, ४५ सङ्क्रमणमुक्त

Posted on October 04, 2020 | views : 4296 | हुम्ला - HML

असोज १८, कर्णाली | पछिल्ला दिनहरुमा कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आउन सकेको छैन । दिनहुँ सङ्क्रमित बढ्ने क्रम जारी भए पनि सरोकारवाला निकायदेखि नागरिक सावधानी भएको पाइँदैन । दैनिक कार्यालयदेखि पाटीपौवासम्म देखिने मानव भीडले होला शनिबार पनि कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भ

Read More

दोस्रो पटक पुन: कोरोना सङ्क्रमण पुष्टि

Posted on October 01, 2020 | views : 1316 | हुम्ला - HML

असोज १५,  सिमकोट । यही असोज ३ गते नेपालगञ्ज हुँदै हुम्ला पुगेकी पहिलो कोरोना सङ्क्रमितमा कोरोना परीक्षण गर्दा पुनः सङ्क्रमण पुष्टि भएको छ । नेपालगञ्जबाट हुम्ला पुगेका सर्केगाड गाउँपालिका गोठी गाउँकी २१ वर्षीया युवतीमा दोस्रो पटक सङ्क्रमण पुष्टि भएको हो । एकचालीस जनामा गरिएको परीक्षणमा एक जनामा

Read More

हुम्गालाको गाउँमै अल्ट्रासाउन्डबाट गर्भ जाँच सेवा

Posted on September 22, 2020 | views : 1411 | हुम्ला - HML

असोज ६, सिमकोट । नाम्खा गाउँपालिकामा गर्भवतीलाई अल्ट्रासाउण्डबाट गाउँमै सेवा प्रदान गरिएको छ । हुम्लाको उत्तरी चीनको तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिकामा रहेका महिला पछिल्लो समय गर्भाअवस्था हुँदा स्वास्थ्य संस्थामा जाँचका लागि पुग्ने गरेका छन् । गाउँपालिकाको मुचु, याल्वाङ र याङ्गार गाउँमा १० महिलाक

Read More

चार दिनपछि बाढीपीडितलाई राहत

Posted on August 19, 2020 | views : 1358 | हुम्ला - HML

भदौ ३, सिमकोट। पहिरो गएको चार दिनपछि राहत लिएर कर्णाली प्रदेश सरकारका मन्त्रीको टोली बाजुराको कोल्टी हुँदै हुम्लाको ताजाँकोट पुगेको छ । लामो समयदेखि परेको अविरल वर्षाका कारण माथिबाट आएको पहिराले ताँजाकोट–२ र ३ वडाका घरबारविहीन पहिरोपीडितका लागि प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्

Read More

उठाइयो सिमकोटको फोहर

Posted on August 17, 2020 | views : 1927 | हुम्ला - HML

भदौ १,  सिमकोट । महिनौं दिनदेखि सिमकोट बजार क्षेत्रमा थुप्रिएको फोहरको थुप्रो बल्ल उठाइएको छ ।  फोहरको कारण कुरुप बन्दै गएपछि सिमकोट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी मिलेर सरसफाइ गरेका हुन् । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत र  गाउँपालिकाका सबै शाख

Read More

कर्णालीमा रात्रि प्रवेशमा रोकः पिसिआर रिपोर्ट अनिवार्य

Posted on August 14, 2020 | views : 4655 | हुम्ला - HML

साउन ३०, सुर्खेत | कोभिड– १९ सङ्क्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी भदौ १ गतेदेखि लागू हुने गरी रात्रि प्रवेशमा रोक लगाएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी) को बिहीबार बसेको बैठकले स्वदेश तथा विदेशबाट आएका जोसुकैलाई राति प्रवेश गर्न नदिने र दिउँसो प्रवेशका लागि तीन दिनअघिक

Read More

काठमाडौँ सहित यी ७ जिल्ला कोरोनाको 'रेडजोन'मा, कहाँ कति संक्रमित ?

Posted on August 10, 2020 | views : 33544 | हुम्ला - HML

साउन २६, काठमाण्डौ | नेपालमा कोरोना महामारी बढेको छ । लकडाउन खुलेसँगै काठमाण्डौ सहित बिभिन्न जिल्लामा गतिबिधि बढेको कारण कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढेको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा ९० जना र ललितपुरमा दुई जना सङ्क्रमित थपिएका छन् । योसँगै काठमाण्डौ

Read More

नेपालमा अझै पाँच दिन भारी वर्षा हुने

Posted on July 20, 2020 | views : 26783 | हुम्ला - HML

असार ५, काठमाण्डौ | नेपालमा अझै पाँच दिनसम्म भारी वर्षात हुने भएको छ ।  न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री

Read More

पहिराले दलित बस्तीको उठीबास

Posted on July 17, 2020 | views : 1462 | हुम्ला - HML

साउन २, सिमकोट। पहिराले हुमलाको ताँजकोट वडा नं ४  खर्राको दलित बस्तीका २२ घरधुरीले बस्ती छाडेका छन् । लगातारको वर्षाले खर्राको जिमकोइला खोलामा गएको पहिराबाट दलित बस्तीका सबै घर भत्किने अवस्था भएपछि बिहीबार बिहानैदेखि सबै घर छाडेर अन्यत्र बसेको सम्बन्धित स्थलबाट धनसुर दमाईँले जानकारी दिनुभयो ।&n

Read More