पर्यटकको भिँड: हुम्ला विमानस्थल (फोटो फिचर)

Posted on: 25 Jun, 2017


रेशम राज रोकाया | असार ११, हुम्ला | यतिखेर हुम्लाको विमानस्थल विहान ५ बजे देखी बेलुका ७ बजे सम्म नै भिँडभाड हुने गरेको छ । चिनको पवित्र धार्मिक स्थल मानसरोवर दर्शन गर्नको लागि भारतिय तिर्थयात्री त्यस तर्फ जानको लागि हरेक दिन ५ सयको हाराहारीमा त्यस तर्फ जाने गर्नाले यो भिँड भएको हो । 

आन्तरिक उडान भर्नको लागि गोमा ईयर, सिम्रिक ईयर, तारा ईयर, सिता ईयर, मकालु ईयर साथै नेपाली सेनाको हेलिकोप्टरले नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान गरिरहेका छन् भने माउण्टेन ईयर, सिम्रिक ईयर लगायतका साना हेलीकोप्टरले सिमिकोट हिल्सा उडान भरिरहेका छन् । सिमिकोटममा रहेका साना तथा ठूला होटेलमा भारतिय तिर्थ यात्रीको भिँड हुने गरेको छ भने सिमिकोट विमानस्थल अस्तव्यस्त हुने गरी भिँड भाड रहने गरेको छ । यात्रुको आगमन र निगमन कक्ष, सुरक्षा जाँच लगायतको ठाउँमा खुट्टा टेकी नसक्नु अवस्था रहेको छ । 

यसरी तिर्थयात्रीको भिँड हुँदा यहाँका वासिन्दालाई नेपालगञ्ज र सुर्खेत झर्नको लागि टिकटको समस्या भईरहेको छ । दिनहुँ लाईन बस्दा पनि टिकट नपाईरहेको प्रति स्थानियले रोष प्रकट गर्ने गरेका छन् । 

माथिको तश्विरमा: यात्रुको लाईन निगमन स्थलमा ।


उडानको प्रतिक्षामा यात्रुहरु ।


हेलीकोप्टरको ईन्धन नेपालगञ्जबाट ल्याईए पछि खन्याईँदै । 


सिमिकोट–हिल्सा उडानको लागि तयारी हालतमा हेलिकोप्टरहरु ।


नेपालगञ्ज, सुर्खेतबाट–सिमिकोट उडान भर्दै गरेका जहाज सिमिकोट विमानस्थलमा ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!