ईलामको चुलाचुली गाउँपालिकामा बम विष्फोट, भवन क्षतिग्रस्त

Posted on: 15 Apr, 2018

बैशाख २, इलाम । जिल्लाको दक्षिणी गाउँपालिका चुलाचुलीको भवनमा अज्ञात समूहले बम विष्फोट गराएको छ ।

विष्फोटबाट गाउँपालिकाको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको छ ।

शनिबार राति ९ बजे कार्यालयमा ठूलो आवाजमा बम विष्फोट भएको थियो । विष्फोटबाट दुईतले भवनका छत भ्वाङ परेको र छानासमेत खसेको कार्यालयका कार्यकारी अधिकृत छवि खतिवडाले बताए ।

घटनास्थलमा हेर्दा कुकरका पाप्रा र तारहरु भेटिएकाले कुकर बम विष्फोट गराइएको हुन सक्ने बताइएको छ । जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!