एक करोड २९ लाखमा जिशिका भवन

Posted on: 17 Feb, 2017

फागुन ६, इलाम । जिल्ला शिक्षा कार्यालय इलामको नवनिर्मित भवनको बिहीबार एक समारोहबीच उद्घाटन गरिएको छ । 

जिशिअ टङ्कप्रसाद गौतम र स्थानीय विकास अधिकारी ध्रुवबहादुर खडकाले भवनको संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । रु एक करोड २९ लाखको लागतमा निर्माण सम्पन्न गरिएको भवनमा १४ कोठा रहेका छन् । 

चार वर्षअघिदेखि निर्माण थालिएको भवन विभिन्न कारणले ढिलो सम्पन्न भएको जिशिअ गौतमले जानकारी दिनुभयो । चार रोपनी क्षेत्रफल सरकारी जग्गामा उक्त भवन निर्माण गरिएको हो । आफ्नै भवन नहुँदा जिल्ला शिक्षा कार्यालय नारी विकास सङ्घको भवनमा वार्षिक लाखौँ रूपैयाँ भाडा तिरेर बसिरहेको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!