चियाको बजार खोज्न पहल हुँदैछ: खनाल

Posted on: 16 Nov, 2016

मङ्सिर १, इलाम । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले चिया खेतीलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन विशेष पहल सुरू भएको बताउनुभएको छ । 

आज बिहान सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले इलामको पहिचान चियालाई ‘अग्र्यानिक’ अभियानमा लगेर विश्व बजारमा पु¥याउन सकेमा इलामसहित देशकै आर्थिक विकासमा टेवा पुग्ने बताउनुभयो । 

चियालाई विश्व बजारमा प्रतिस्पर्धाका लागि जापानको जाइका कम्पनीले इलामका केही चिया बगानको परीक्षण तथा अनुगमन गरिरहेको छ, त्यसको रिपोर्ट आएपछि काम अघि बढ्छ, उहाँले भन्नुभयो । 

इलाम कृषि उत्पादनमा अग्रणी जिल्ला मानिएकाले चिया, अलैँची, अदुवा, ओलन (दुध) लगायतको बजार विस्तारमा समेत पहल भइरहेको उहाँको भनाइ छ । 

एक फरक प्रसङ्गमा उहाँले आगामी एक वर्षभित्रमा तीन तहको निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएकाले यसको सफल कार्यान्वयनका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो । 

निर्वाचन क्षेत्र विशेष कार्यक्रमअन्तर्गत आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका काम प्रभावकारी र समावेशी ढङ्गले अघि बढिरहेको उहाँले बताउनुभयो । इलामलाई पर्यटकीय जिल्लाको रूपमा अघि बढाउनुपर्नेमा पनि उहाँको जोड थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!