एमालेलाई जबर्जस्ती सरकारबाट हटाइयो: नेता नेम्वाङ

Posted on: 22 Jun, 2017

असार ८, इलाम | नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले एमालेले सरकारमा छँदा राम्रो काम गरेकाले अन्य पार्टी मिलेर एमालेलाई सरकारबाट जबर्जस्ती हटाएको आरोप लगाउनुभएको छ । 

उहाँले नेकपा (एमाले)द्वारा इलामको घुर्विसे पञ्चमी बजारमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता नेम्वाङले एमालेले जति सरकार चलायो, त्यति राम्रा काम ग¥यो, तर अरू पार्टीले त्यसको इष्र्या गरेर सरकारबाट हटाए भन्नुभयो । 

सरकार विभिन्न बहानामा निर्वाचनको मिति सार्ने पक्षमा थियो तर एमालेको निरन्तर दबाबका कारण सरकार मिति तोक्न बाध्य भएको उहाँले बताउनुभयो । भूकम्पले थिलथिलो पारेको नेपाललाई भारतले नाकाबन्दी लगाउँदासमेत एमालेको सरकारले सामना ग¥यो, एमाले भारतसँग कहिल्यै झुकेन भन्नुभयो । 

राजपाको बहाना बनाएर निर्वाचन पछि धकेलेको उहाँले बताउनुभयो । संविधानले हिमाल, पहाड र तराईका सम्पूर्ण जनतालाई समेटेको उल्लेख गर्दै संविधानको पूर्ण कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । 

दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो पार्टी हुने दाबी गर्दै उहाँले जनता एमालेकै पक्षमा रहेको जिकिर गर्नुभयो । एमालेकै पहलमा सरकारले निर्वाचनको मिति तोक्न बाध्य भएको उहाँले बताउनुभयो । 

पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्लाको पश्चिमी क्षेत्रको विकासका लागि आफूले सभामुख हुँदा विशेष पहल गरेको उहाँले उल्लेख गर्नुभयो । सोही कार्यक्रममा उहाँले विभिन्न पार्टी परित्याग गरी आएका सयजना भन्दा बढीलाई पार्टीमा स्वागतसमेत गर्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!