प्रेस चौतारी इलामको पुरस्कार अर्याल र केसीलाई

Posted on: 05 Feb, 2017

माघ २३, इलाम | प्रेस चौतारी इलामले स्थापना गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार–२०७३’ गणेश अर्याललाई प्रदान गरिएको छ । 

चौतारीको १९औँ स्थापना दिवसका अवसरमा शनिबार रु पाँच हजार राशिको पुरस्कार प्रदान गरिएको हो । स्थापना दिवस कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य सटेन्द्र जबेगूले अर्याललाई दोसल्ला, प्रमाणपत्र र नगद प्रदान गर्नुभयो । 

इलामको कोल्बुङ घर भएका अर्याल एक दशकयता पत्रकारितामा क्रियाशील हुनुहुन्छ । ‘आँखा’ साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएका अर्यालले ‘पावनभूमि’ साप्ताहिक हुँदै अहिले ‘पूर्वाञ्चल दैनिक’, ‘इलाम एफएम’, ‘रेडियो फिक्कल’लगायत सञ्चारमाध्यममा कार्यरत हुनुहुन्छ । 

बाबियाचौर (म्याग्दी) – प्रेस चौतारी म्याग्दीले स्थापना गरेको क्रियाशील पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार सुरत केसी सम्मानित हुनुभएको छ । 

शनिबार आयोजित कार्यक्रममा रु पाँच हजार ५५५ राशिको पुरस्कार प्रदान गरिएको हो । केसी विसं २०५८ देखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । 

नेपाल पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष, ‘रुप्स’े दैनिकका प्रकाशक र ‘म्याग्दीकाली’ एफएमका सम्पादक केसीलाई नेकपा (एमाले)का प्रचार विभाग उपप्रमुख सूर्य थापा, सांसद नवराज शर्मा र प्रजिअ राजुप्रसाद पौडेलले पुरस्कार प्रदान गर्नुभएको थियो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!