चिसापानीमा जलेर एक वृद्धको ज्यान गयो

Posted on: 06 Feb, 2017

माघ २४, इलाम । इलामको चिसापानी गाविसमा गएराति आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । 

चिसापानी–५ का ९८ वर्षीय जसबहादुर राईको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिनुभयो । 

घरमा कोही नभएको बेला राति अचानक आगलागी हुँदा वृद्धको जलेर मृत्यु भएको हो । मृतक राईको शव परीक्षणका लागि इलाम अस्पताल ल्याइने प्रहरीले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!