इलाममा एकसय ४४ वटा मतदानस्थल, कहाँ कति मतदानस्थल ?

Posted on: 23 Mar, 2017

चैत १०, इलाम । जिल्लाका १० वटा स्थानीय निकायमा स्थानीय निकायको निर्वाचनका लागि १४४ वटा मतदानस्थल निर्धारण गरिएको छ । 

मतदान केन्द्र सिफारिस समितिले जिल्लाभर १४४ वटा मतदानस्थल निर्धारण गरिएको जिल्ला निर्वाचन अधिकृत प्रेम काफ्लेले बताउनुभयो । 

जिल्लाका छ वटा गाउँपालिका र चार नगरपालिका गरी १० वटा नयाँ स्थानीय निकायका संरचनामध्ये इलाम नगरपालिकामा २४ वटा, सूर्याेदय नगरपालिकामा २१ वटा, माई नगरपालिकामा ११ वटा र देउमाई नगरपालिकामा १८ वटा मतदानस्थल निर्धारण गरिएको छ । 

यसैगरी, चुलाचुली गाउँपालिकामा नौवटा, फाक्फोकथुम गाउँपालिकामा १४ वटा, रोङ गाउँपालिकामा १३ वटा, माङसेबुङ गाउँपालिकामा १० वटा, माइजोगमाई गाउँपालिकामा ११ वटा र सन्दकपुर गाउँपालिकामा १३ वटा मतदानस्थल निर्धारण गरिएको छ । 

संविधानसभाको निर्वाचनमा भन्दा यसपटकको निर्वाचनमा १८ वटा मतदानस्थल बढी कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!