निर्माण व्यवसायी संघको अध्यक्षमा चिपालु निर्वाचित

Posted on: 11 Feb, 2018

माघ २८, इलाम | नेपाल निर्माण व्यवसायी संघ इलामको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सुवास चिपालु निर्वाचित हुनुभएको छ । 

अध्यक्षमा निर्वतमान अध्यक्ष राजकुमार भक्तराजलाई २६ मत अन्तरले पछि पार्दै चिपालु निर्वाचित हुनुभएको हो । चिपालुले ६३ मत ल्याउनुभयो भने भक्तराजले ३७ मत प्राप्त गर्नुभयो । 

संघको उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा वीरेन्द्र कार्की निर्वाचित हुनुभयो । 

त्यसैगरी सहसचिवमा हेमन्त गौतम, कोषाध्यक्षमा सन्तोष भक्तराज विजयी हुनुभयो । 

यस्तै सदस्यमा निरोज राउत, दिनेश खड्का, पुजन श्रेष्ठ, सेवक देवान, मोहन अधिकारी र पुन्यकुमार मुखिया विजयी हुनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!