इलाममा होटल मजदुर मृत अवस्थामा फेला

Posted on: 21 Feb, 2018

फागुन ९, इलाम | इलाम नगरपालिका– ५ बिब्ल्याँटेमा आज एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । 

सागर हेमरोन नाम गरेका व्यक्ति बिब्ल्याँटेको पेट्रोल पम्प अगाडि मृत अवस्थामा फेला परेका हुन् । मिठाइ पसलमा काम गर्ने उनी आज बिहान करिब ९ बजे मृत अवस्थामा फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । 

झापा गौरीगञ्ज घर भएका हेमरोन एक महिनाअघिदेखि उक्त पसलमा काम गर्दै आएको जिल्ला पहरी कार्यालय इलामले जानकारी दिएको छ । प्रहरी इन्सपेक्टर रामेश्वर पण्डितका अनुसार घटनाका विषयमा अनुसन्धान भइरहेको छ । 

हेमरोनको शव परीक्षणका लागि जिल्ला अस्पताल इलाम ल्याइने जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!