किसान संघ इलामका अध्यक्षको मृत्यु

Posted on: 12 Apr, 2018

चैत २९  इलाम | नेपाल किसान संघका इलाम अध्यक्ष देवी घिमिरेको मृत्यु भएको छ । हिजोराति खानपिन गरेर सहजै सुतेका घिमिरे आज बिहान मृत अवस्थामा फेला परेको परिवार स्रोतले जानकारी दिएको छ । 

५५ वर्षीय घिमिरेको हृदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ । बिहान करीब ८.३० बजेतिर नउठेपछि ओछ्यानमा उठाउन जाँदा घिमिरेको मृत्यु भइसकेको जनाइएको छ । उहाँको आज नै अन्त्येष्ठी गरिने बताइएको छ । 

मृतक घिमिरेका श्रीमती, छोरा बुहारी तथा एक छोरी हुनुहुन्छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!