पूर्वसचिवद्वारा पत्रकार आपत्कालीन कोषलाई १० हजार प्रदान

Posted on: 25 Nov, 2018

मङ्सिर ९, मङ्गलबारे (रासस) | नेपाल पत्रकार महासङ्घ इलाम शाखाले स्थापना गरेको पत्रकार आपत्कालीन राहत कोषमा शाखाका पूर्वसचिव बुद्धवीर राईले रु १० हजार सहयोग प्रदान गर्नुभएको छ ।

रोजगारीका लागि दक्षिण कोरिया जानुभएका राईले शाखाकी अध्यक्ष कोकिला ढकाललाई रु १० हजारको चेक प्रदान गर्नुभएको हो । रु ५० हजारबाट महासङ्घले एक महीनाअघि देखि सञ्चालन गरेको आपत्कालीन कोषमा अहिले ७० हजारभन्दा बढी पुगेको छ । उक्त कोषमा विभिन्न दाताले रकम प्रदान गरिरहेको महासङ्घका अध्यक्ष ढकालले जानकारी दिनुभयो । 

जिल्लामा कार्यरत पत्रकारहरुलाई आपत्कालीन अवस्थामा सहयोग गर्न कोष स्थापना गरिएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!