आफ्नै भाइद्वारा दाजुमाथि खुकुरी प्रहार

Posted on: 01 Dec, 2018

मंसिर १५, इलाम । इलाममा आफ्नै भाइले दाजुमाथि खुकुरी प्रहार गरेका छन् ।

इलाम नगरपालिका वडा नम्बर ९ का २८ वर्षीय भाइ नवीन सुवेदीले आफ्नै ३० वर्षीय दाजु संजिव सुवेदीलाई खुकुरी प्रहार गरेका हुन् | खुकुरी प्रहारबाट संजिव गर्म्भिर घाइते छन् | उनको हातको औला छिनेको छ भने टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।  दाजुलाई खुकुरी हानेर भाग्दै गरेका भाइलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले घरायसी विवादका कारण खुकुरी प्रहार गरेको बताइएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका सुवेदीलाई इलाम अस्पतालमा सामान्य उपचारपछि झापाको अस्पतालतर्फ रेफर गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!