शव जलाउँदै गर्दा एक्कासी बाढी आएपछि...

Posted on: 28 Apr, 2020

वैशाख १६, इलाम । इलामको फाकफोक खोलामा सोमबार दिउँसो आएको बाढीले जलाइँदै गरेको शव बगाएर वेपत्ता बनाएको छ । शब जलाउदै गर्दा खोलामा आएको बाढीले स्थानीय राम लकान्द्रीको शव वेपत्ता बनाएको हो ।

चर्को घाम लागेको समयमा इलामको फाकफोकथुम गाउँपालिका वार्ड नम्वर ३ स्थित फाकफोक खोलामा चितामा राखेर शव जलिरहेको अवस्थामा एक्कासी बाढी आएको थियो । 

लकान्द्रीको सुँगुरलाई चारो खोज्न जाँदा लडेर मृत्यु भएको थियो । एक्कासी बाढी आएपछि स्थानीहरु समेत खोलाबाट भागेका थिए । स्थानीयले यो घटना हालसम्मकै पहिलो भएको दावी गरेका छन् । बाढीले बगाएको लकान्द्रीको शव हालसम्म पनि भेटिएको छैन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!