जलजला गाउँपालिकालाई पाँच बर्षमा समृद्ध बनाउने योजना मसँग छ -युवा नेता दिपक आचार्य (आकाश)

Posted on: 18 Apr, 2017

स्थानीय तहको चुनाव नजिकिएसँगै राजनीतिक दलहरु आफ्नो दलको प्रचारप्रसारको लागि जुटेका छन् । पुर्नसंरचना अनुसार पुराना गाउँ कमिटिलाई भंग गर्दै नयाँ गाउँ÷नगर कमिटि तथा वडा कमिटि विस्तार र पार्टीलाई मजबूत बनाउनको लागि दलहरु लागि परेका छन् । नगरदेखि गाउँपालिकासम्म यतिबेला राजनीतिक दलहरु आफ्नो चुनावी एजेण्डासहित प्रचारप्रसारमा लागेका छन् । 

केहि राजनीतिक दलहरुले आफ्नो उम्मेदवार समेत लगभग टुंगो लगाइसकेका छन् भने केहि आफ्नो विजय हुने पक्कापक्की सम्झेर औपचारीता पुरा गर्नको लागि चुनावको मिति कुरेर बसेका देखिन्छन् । 

पुर्नसंरचना अनुसार पर्वतमा दुइ नगरपालिका सहित पाँच वटा गाउँपालिका गरी सात वटा स्थानीय तह छन् । पुर्नसंरचना अनुसार स्थानीय तहको चुनाव हुने भएकोले पनि सोही अनुसार राजनीतिक दलहरु आफ्नो झण्डा गाड्नको लागि जुटिरहेका छन् । 

वि.सं २०५५ सालमा कृष्ण भवन धर्म मावि धाइरिङबाट अखिल क्रान्तिकारी विद्यार्थी संगठनको इलाका सदस्य लिएर विद्यार्थी जिवनबाट राजनीति गरेका युवा तथा जुझारु नेता दिपक आचार्य आकाश यतिबेला चुनावको धौडधुपमानै देखिन्छन् ।

२०५८ को अन्तिमतिर पूर्णरुपमा राजनीतिमा प्रवेश गरेका उनी इलाका पार्टी सदस्यबाट पूर्ण रुपमा राजनीतिमा होमिए । त्यस लगत्तै उनी ०६१ मा इलाका सेक्रेटरी हुदै अन्तिमतिर जिल्ला सदस्य बने । अहिले उनी माओवादी केन्द्रको केन्द्रिय सदस्य समेत रहेका छन् भने जलजला गाउपालिकाको इन्चार्जका रुपमा क्रियाशिल छन् । 

स्थानीय तहको चुनावमा केन्द्रित रहेर हामी नेकपा माओवादी केन्द्र जलजला गाउँपालिकाका संयोजक एवं केन्द्रिय सदस्य दिपक आचार्य आकाश सँग कुराकानी गर्ने जमर्को गरेका छौं । माओवादी केन्द्रको चुनावी प्रचारप्रसार, भावी योजनाका बारेमा पत्रकार महेन्द्र केसीले उनै युवा नेता दिपक आचार्यसँग गरेको संक्षिप्त कुराकानी 

जलजला गाउँँपालिकामा मेयरमा लड्ने सोच बनाउनु भएको छ कि छैन ?

युवाहरुको परिचालन आजको आवश्यकता हो, हाम्रो पार्टीको एजेण्डा पनि हो । देशलाई समृद्ध बनाउनु छ भने युवाहरुलाई अग्रपंक्तिमा राख्नसक्नुपर्छ त्यो कुरा हाम्रो पार्टीले बुझेको छ । जलजला गाउँपालिकाको मेयरको लागि लड्ने या नलड्ने भन्ने भन्दा पनि हामी जलजला गाउँपालिकालाई कसरी समृद्ध बनाउने भन्ने सोचमा छौ । त्यसको लागि कुशल र जुझारु नेताहरुको पहिचान गर्न लागेका छौं । हुन सक्छ पार्टीले मलाई त्यो जिम्मेवादी दिन पनि सक्छ । यदी पार्टीले समर्थन र बहुमतका आधारमा मलाई मेयरको टिकट दिइन्छ भने म लड्न तयार छु ।

यदी मेयरको टिकट पाउनु भयो भने जलजला गाउँपालिकाको विकासको लागि तपाईसँग कस्ता खाले योजनाहरु छन् त ? 

मेयरको टिकट प्राप्त गरे योजनाहरु हुने नत्र नहुने भन्ने प्रश्न हुदैन । हाम्रो मिशन भनेको सवै नागरिकलाई जनसरकारको माध्यमबाट गाउँ तथा सोही क्षेत्रबाट सुविधा दिदै सम्पन्नसाली बनाउने हो ।

हिजो झण्डै एक करोडको योजनाहरु जिल्ला पार्टी कार्यालयको अगुवाइमा यस क्षेत्रमा परेका छन् । यस क्षेत्रको विकासको लागि पार्टीले मलाई साथ र विश्वास गर्यो त्यसैले पनि ति योजनाहरु आए, अहिले कामहरु भैराखेका छन् । भोली यो भन्दा थप योजना र विकास निर्माणका कामहरु पनि आउनेछन् । यसमा दुइ मत छैन तर कुरा के हो भने म, हाम्रो पार्टी जनतालाई सम्पन्नसाली बनाउने अभियानमा छौं । टिकट प्राप्त भएता पनि नभएता पनि विकासको लागि जट्ने छु ।

जलजला गाउँपालिकालाई ५ बर्षमा कसरी समृद्ध बनाउने भन्ने भिजन मसँग छ । भौतिक संरचना, बाटोघाटो, पुल देखि लिएर आत्मानिर्भर र धौलागिरीकै उत्कृष्ठ र नमूना तरकारी पकेट क्षेत्रका रुपमा जलजला गाउँपालिकालाई विस्तार गर्दै समृद्ध बनाउने योजनाहरु छन् । गाउँपालिकालाई आत्मानिर्भर बनाउँदै आर्थिक रुपमा समृद्ध बनाउनको लागि केकसरी काम गर्नुपर्छ भन्ने योजना र समग्र नगरपालिकाको विकाशको योजनाको नक्सा मसँग छ । जसले ५ बर्षमा जलजला गाउँपालिकालाई समृद्ध बनाउन सक्छ ।

https://scontent.fktm1-1.fna.fbcdn.net/v/t34.0-12/

यदी चुनावमा तपाइनै उठ्नुभयो भने तपाई÷माओवादी केन्द्रलाई भोट किन ? 

जसको एजेण्डा उसैलाई मतदान, हामीसँग एजेण्डा छ, देशलाई समृद्ध बनाउने भिजन छ । देशलाई कसरी समृद्ध बनाउने भन्ने सोचका साथ हामी अगाडि बढिरहेका छौं । हाम्रा एजेण्डाहरु पनि सोही अनुसार पुरा हुदै गइरहेका छन मात्रै स्थायी रुपमा पूर्णता दिन आवश्यक छ । त्यसैले माओवादी केन्द्रलाई मतदान गर्नुपर्छ, गरौं ।

एजेण्डा नभएकाहरुलाई भोट किन दिने ? उनहरुलाई भोट दिनुको कुनै अर्थ छैन । जसले महिला, दलित, आदिबासी, मधेसी, थारु, अल्पसंख्यक तमाम उत्पीडन र पिछडा बर्गको लागि संघर्ष ग¥यो उसैलाई भोट दिनुपर्छ । त्यो माओवादी केन्द्रनै हो । अरु दलहरुको कुनै भिजन र एजेण्डा छैन । खोक्रो राष्ट्रबादको पछि लाग्ने हो भने देशले निकास पाउन सक्दैन । निकास र विकासको लागि पनि माओवादी केन्द्रलाई भोट दिनुपर्छ ।

मेरो व्यक्तिगत कुरा गर्दा म कुनै फौजदारी अभियाग लागेको, भ्रष्टाचार तथा अनियमिततामा मुछिएको व्यक्तिमा पर्दिन । म उक्त क्षेत्रको विकासको लागि लागि परेमाको मान्छे हुँ, लागि पर्ने छु ।

जलजला गाउँपालिका माओवादी केन्द्रको पकेट क्षेत्र हो भनिन्छ के यो सत्य हो ?

जलजला गाउँपालिका मात्रै नभइ देशभरीनै माओवादी केन्द्रको पकेट क्षेत्र हुन जरुरी छ । किनकी परिर्वतनका सम्बाहकका रुपमा रहेको माओवादी केन्द्र भिजन र योजनाका साथ अगाडि बढेको छ । देशभरीनै यो लहर ल्याउन जरुरी छ । पकेट क्षेत्र हो वा होइन त्यो भविश्यले बताउने कुरा हो तर हामी यो कुरामा निश्चिन्त छौ कि जलजला गाउँपालिकामा हाम्रो विजय सुनुश्चित छ । हाम्रा विचार, योजना र भिजनको दृष्टिकोले हामी अन्य दलभन्दा अगाडि  छौं यसमा दुइ मत छैन ।

अन्त्यमा नेपाली जनतालाई के भन्न चाहानुहुन्छ ?

स्थानीय तहको चुनावमा सक्रिय रुपमा सहभागी बनौं, मतदान भिजन भएकाहरुलाई मात्रै दिऔं । कुनै पनि प्रलोभनमा परि वा लोकप्रियताका नाममा खोक्रो एजेण्डा बनाएका दलहरुको पछि नलागौं । जनयुद्ध त्यसपछिको उपलब्धी, संविधान कार्यान्वयनका लागि माओवादी सरकारले जसरी काम गरेको छ त्यहि अनुसार देशमा काम गर्ने बताबरण गराउनुको साथै आफ्ना अधिकार सुनिश्चित गर्न र संविधानलाई संस्थागत गर्नको लागि मतदान नीति र कार्यदिशा भएको दललाई मात्रै मतदान गरौ र विजय गराऔं ताकि पछि पछुताउन नपरोस् । धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता, समानुपातिक समावेशी माओवादीका एजेण्डा भएका कारण माओवादी केन्द्रमानै भोट हालौ र विजय गरौं । कुरा गर्नेलाई सुनौ काम गर्नेलाई चुनौ तबमात्र देश विकास तर्फ लम्कन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!