युवाले खोजेको र चाहेको नेतृत्व क्षमता मसंग छ: बस्याल

Posted on: 23 Dec, 2017

युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल संस्था नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन आज पुस ८ गतेदेखि भैरहवामा सुरु भएको छ । ३ दिनसम्म चल्ने महाधिवेशनले आगामी सन २०१८ का लागि नयाँ नेतृत्व चयन गर्दैछ । 

राष्ट्रिय अध्यक्ष पदका लागि रामग्राम जेसीजका पुर्व अध्यक्ष श्रीधर बस्याल र ईटहरी जेसीजका पुर्व अध्यक्ष महेश पौडेल प्रतिस्पर्धामा हुनुहुन्छ । त्यसमध्यका सफल युवा व्यवसायी श्रीधर बस्याल नेपालजेसीजको वर्ष २०१८ का लागि राष्ट्रिय अध्यक्ष पदका दावेदार हुन् । सन २००४ मा जेसीजको सदस्यता प्राप्त गरेका बस्याल विभिन्न पद हुदैँ सन २००९ मा रामग्राम जेसीज परासीको अध्यक्ष भएका थिए । 

नवलपरासीको रामग्राम नगरीका वासिन्दा बस्याल सन २०१० मा नेपाल जेसीजको उपाध्यक्ष, सन २०११ काउन्सीलर एकेडमीको चेयरमेन, सन २०१२ मा ट्रेनिङ्ग कमिस्नर, सन २०१३ मा राष्ट्रिय अध्यक्षको सल्लाहकार तथा सन २०१७ मा नेपाल जेसीजको राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष भएका थिए । जेसीज बाहेक उद्योग वाणिज्य संघ, क्यान महासंघ लगायत विभिन्न सामाजिक संघ संस्थामा पनि उनी आवद्ध छन् । 

यीनै बस्याल यही पुस ८ गतेदेखि भैरहवामा सुरु भएको नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनबाट नेपाल जेसीजकै नेतृत्वमा पुग्ने अठोट लिएका छन् । प्रस्तुत छ साझा सवालका लागि परासीबाट पत्रकार मोहन पौडेलले गरेको कुराकानी: 

जेसीजको अध्यक्ष पदमा तपाईको उम्मदेवारी किन?

जेसीजमा मैले २००४ सालबाट नै अनवरतमा रुपमा काम गरिहेको छु । जेसीजले  १८ वर्ष देखि ४० वर्ष भित्रका युवाहरुको नेतृत्व विकास, व्यक्तित्व विकास, उद्यमशिलताको विकास तथा सामाजिक रुपान्तरणमा पनि सकरात्मक सोचका साथ अग्रसर गराउँदछ । युवाहरुको नेतृत्व विकासको सन्दर्भमा समग्र युवाहरुको प्रतिनिधित्व गर्न नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको रुपमा आफुलाई प्रस्तुत गरेको छु ।

वास्तवमा युवाहरुको नेतृत्व व्यक्तित्व विकास गर्ने संस्था जेसीज हो । नेपालको समग्र परिवेशमा एउटा उत्कृष्ट युवाको आवश्यक छ जसले जेसीजको माध्यमबाट सम्पुर्ण युवाहरुलाई समाहित गर्दै राष्ट्रमा सकारात्मक परिवर्तनको अभियान्ताको रुपमा अगाडी बढन मैले अध्यक्ष पदमा उम्मदेवारी दिएको हुँ । 

तपाईले जित्ने आधार के हो ?

चुनाव जित्ने एउटा बलियो आधार भनेको जेसीजमा १४ वर्षको लामो अनुशासित र उपलब्धिमुलक मेरो यात्रा हो । यात्रालाई सदैव जेसीजको अभियानलाई अग्र भागमा उभ्याउन मेरो उत्कृष्ट क्रियाशिलता हो । नेपाल जेसीज युवाहरुलाई उत्प्ररित गर्ने एउटा टेनिङ्ग ईन्सिचिच्युट पनि हो । म जेसीआईको एउटा अन्तराष्ट्रिय स्तरको ट्रेनर पनि हो ।

युवाहरुलाई रुपान्तरणको सन्दर्भमा युवाहरुको व्यक्तित्व, नेतृत्व, व्यवसायिक विकास एमसिईपिएस लगायतका विषयमा सफल हुनका लागि म एउटा प्रशिक्षक भएको नाताले पनि यो संस्थामा मेरो नेतृत्व आवश्यक छ । म नेपालभर रहेका जेसीजका करिब १ सय ३० वटा शाखामा पुगेको छुँ ।

प्रत्येक शाखामा युवाहरुसंग नजिक छु । उहाँहरुलाई प्रशिक्षण दिईरहेका छु । आजको बदलिँदो प्ररिवेशमा युवाहरुले चाहेको र खोजेको क्षमतावान कर्मठ र क्रियाशिल योग्य नेतृत्वकर्ताको रुपमा म आफुँलाई लिएर अगाडी बढेको हुँदा मेरो जित्ने आधार छ । 

तपाईलाई नै किन जिताउने ?

 नेपाल जेसीजको करिब सय वर्षको ईतिहास छ । तसर्थ युवाहरुको नेतृत्व, व्यक्तित्व, क्षमता र उद्यमशिलताको विकास गर्नका लागि वृहत क्षमता तथा नेतृत्व विकास तालिमहरु संचालन गर्ने मेरो मुल एजेण्डा छ भने युवाहरुलाई अन्तराष्ट्रिय जगतमा चिनाउन विभिन्न दृष्टिकोणले युवाहरुको समग्र विकासमा आवश्यक तालिम, कार्यक्रम र सहयोग गर्ने एजेण्डा छ ।

समय सापेक्ष युवाहरुमा सकारात्मक परिवर्तनका लागि युवाहरुको क्षमता र नेतृत्व विकास गरि आफनो काम कर्तब्यमा निष्ठवान बनाउने जागरुक गराउदै बेरोजगार युवाहरुको रोजगारीका लागि नेपाल सरकार र विभिन्न बहुराष्ट्रिय उद्योगहरुसंग समन्वय गरि युवा रोजगारीको सृजना गर्ने । युवाको विदेश पलायनलाई निरुत्साहित गर्दै युवाहरुलाई दक्ष जनशक्तिको रुपमा निखार्दै उद्यमशिलता र स्वरोजगार बन्न उत्प्रेरित गर्ने लगायतका थुप्रै योजनाहरु मैले बनाएको छु, तसर्थ म देशभरीका जेसीजकर्मीहरुलाई मलाई अवसर दिनका लागि आग्रह गर्दछु ।  

अहिलेसम्म जेसीजमा नभएका फरक काम के गर्नुहुन्छ ?

नेपाल जेसीजको ५३ वर्षको अन्तरालमा म एउटा नौलो काम गर्न गईरहेको छु । जेसीजको नेतृत्व लिएका पुर्व अध्यक्षहरुले आ–आफ्नो एउटा नयाँ नयाँ प्रकरण अर्थात थिम लिएर अगाडी बढने गर्दथे । जुन कार्यकालको अन्तिमतिर चर्चा गरिन्थ्यो ।जसले प्रभावकारिता हासिल गर्न सक्दैन्थ्यो । तर मैले नयाँ सोच के गरेको छु भने २०१७ सालमा लिइएको थिम एस वी शाईनको २०१८ मा निरन्तरता दिने सोँच बनाएको छु किन भने यो थिम ४ वटै क्षेत्रमा बहस ग¥यांै, छलफल ग¥यांै जस्ले यस अभियानको उपलब्धि प्राप्तीका लागि यो थिमलाई निरन्तरता दिन आवश्यक ठहर भयो । किन भने एस वी शाईन भनेको हाम्रो संस्थाको भिजन, मिशन र भ्यालुज यी तीनवटैको मुख्य थिम एस वी शाईन हो । 

एस वी शाईन अब थिम भन्दापनि एउटा अभियानको रुपमा अगाडी बढाउन मेरो नेतृत्वमा एस वी शाईन बाई राईजिङ्ग रेस्पोन्जिबिलिटी प्रकरणलाई अगाडी सारेको छुँ जसले देशभरिका युवाहरुलाई चम्काउने र समाज प्रतिको उत्तरदायित्व बनाउने छ । 

एसवी शाईन बाई राईजिङ्ग रेस्पोन्जिबिलीटी दुईटा अर्थमा भन्न खोजिएको छ । एक त संस्थागत रुपमा सम्पुर्ण युवा एवं क्रियाशिल सदस्य साथीहरु जिम्मेदवार हुनु पर्दछ भने अर्काे अर्थमा हामी समाजमा जन्मी हुर्कि रहेका हुन्छांै । सबैले समान्य जीवन बिताईरहेका हुन्छौ तर जेसीजले बसुधाको महान निधि मानव व्यक्तित्वमा निहित छ भन्ने कुरा अङ्गिकार गरेको छ तसर्थ हरेक युवामा त्यो सम्भावना भएको हुँदा सबै युवाहरुलाई जोडदै जेसीजले एउटा देशभरि सबै युवाहरुमा भएको सम्भावनालाई हामीले जागृत गर्छाैं ।  

नेपाल जेसीजले २०१८मा एउटा यस्तो अभियान प्रारम्भ गर्नेछ जुन अभियानमा हरेक देशका युवाहरुलाई उद्यमी बनाउने, युवाहरुलाई आत्मविश्वास दिलाउने र देश रुपान्तरणको बाटोमा युवाहरुलाई अगाडी बढाउन सबै युवाहरुलाई समेटदै अगाडी बढनै एस वी शाईन बाई राईजिङ्गन रेस्पोन्जिबिलिटी हो । 

अन्तमा के भन्नुहुन्छ ? 

आजको नेपालको परिस्थितीमा सबैको आकांक्षा बढि रहेको अवस्था छ । समय सापेक्ष युवाहरुको आकांक्षा अनुरुप नेपाल जेसीजको कार्यक्रमहरुलाई परिमार्जित गरेर सबैलाई नेतृत्व गर्दै अगाडी लैजानुपर्ने आवश्यकता छ । 

त्यसका लागि सक्षम नेतृत्व चाहिन्छ र म त्यसमा फिट छु भन्ने मलाई लाग्दछ । मेरो जेसीजको ईतिहास र मेरो अभियानले नै यो चुनौतीपुर्ण समयलाई नेतृत्व गर्न सक्ने एउटा सक्षम व्यक्ति भएको महशुस मैले गरेृको छ । 

तसर्थ कोहीपनि व्यक्ति र समुह नहेरिकन संस्थाको संस्थागत विकासका लागि कुन उम्मेदवार योग्छ त्यस व्यक्तिलाई नै नेतृत्वको अवसर प्रदान गर्न सबै मतदाताहरुमा आग्रह गर्दछुँ । 

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!