प्रदेश ४ को मुख्यमन्त्री मै हो– किरण गुरुङ (भिडियो)

Posted on: 08 Feb, 2018

पर्वत । नेकपा एमालेका नेता एवं प्रदेश ४ का सांसद किरण गुरुङले प्रदेश ४ को मुख्यमन्त्री आफू बाहेक अरु बन्न नसक्ने दाबी गरेका छन् ।
एमालेको भागमा परेको प्रदेश ४ को मुख्यमन्त्रीमा किरण गुरुङ र पृथ्वीसुब्बा गुरुङले दाबी गरिरहेका छन् । दुवैले लचकता देखाउने अबस्था नदेखिएपछि एमाले पार्टीले दुवैलाई मुख्यमन्त्री आलोपालो प्रणालीमा बनाउने खबरहरु बाहिर आएको थियो ।

गुरुङले आलोपालो पनि नहुने र आफू बाहेक अरु पनि मुख्यमन्त्री हुननसक्ने दाबी गरेका छन् । पत्रकार ऋषि धमलासँग सिधा कुरासँग कुरा गर्दै गुरुङले कुनै पनि हालतमा आफूले मुख्यमन्त्रीको दाबी नछोड्ने र आलोपालोमा पनि नमान्ने बताएका छन् ।
उनले प्रदेश ४ को विकासको लागि आवश्यक योजनाहरु पनि सार्वजनिक गरेका छन् । पर्यटकीय क्षेत्रका रुपमा रहेको प्रदेश ४ को विकासको एजेण्डाहरु समेत आफू बाहेक अरुसँग नभएको उनको दाबी छ ।

भिडियो

यस बिषयमा तपाइको प्रतिक्रिया...!