ठेकेदार लालशोभाको पीडा: ‘इजरायलमा यस्तोसम्म गरे मलाई’(भिडियोसहित)

Posted on: 07 Jun, 2018

जेठ २४ काठमाण्डौ | पोखराकी महिला ठेकेदार लालशोभा गुरुङ बिगतमा ६ बर्ष इजरायल बसेर नेपाल आएकी हुन्। उनी संभवत् प्रदेश नं. ४ की अनुमती प्राप्त निर्माण व्यवसायी हुन् । काजि निर्माण सेवा नामक फर्मबाट उनले निर्माणको ठेक्कापट्टा लिने गरेकी छन् । पछिल्लो समय घर निर्माणको काममा धेरै व्यस्त हुने लालशोभालाई सबैले काजि दिदी भनेर पनि चिन्छन् । 

काजिदिदीको बिगतको पीडा ठूलो छ, उनी कामको शिलसिलामा इजरायल गईन् । 

गाउँबाट पोखरा आएपछि एक एजेन्टले उनलाई इजरायल पुर्यायो। पोखरामा हुर्किएकी भएर नपढेपनि अंग्रेजी बोल्न जान्ने उनलाई इजरायलमा गाह्रो भयो । भाषा बुझिनन् घरका मानिसहरुले गर्न नपर्ने र नहुने काम समेत लगाए । उक्त घरमा काम गर्न नसकेपछि उनी भागेर अर्को घरमा गएर काम गरिन् । करिब ६ बर्षपछि उनी कहिल्यै नफर्कने गरेर नेपाल आईन् । 

नेपालमा उनले घर बनाउने काम गर्न थालिन् । पछि आफैले घरको जिम्मा लिएर बनाउन थालिन् । अहिले इजरायलमा पाएको दुःख सम्झदै नेपालमै केही गर्ने अठोट बनाएर महिला ठेकेदारको रुपमा उनी सक्रिय छिन् |


यस बिषयमा तपाइको प्रतिक्रिया...!