जसले लोकतन्त्र ल्याउन लडे, आज उनैलाई 'लोकतन्त्र' भारी भएछ... (अन्तर्वार्ता)

Posted on: 17 Jan, 2019

अनिल अधिकारी | माघ ३, काठमाडौँ | लोकतन्त्र प्राप्तिको १२ बर्ष बितीसक्दा त्यतिबेला जन आन्दोलनमा मृत्यु वरण गरेका, घाइते तथा अपाँग भएका र जनआन्दोलनमा सरिक भएकाहरुले जुन व्यावस्था चाहेका थिए, उक्त कुरा आजसम्म पुरा भएको छैन । त्यसो त सरकारले त्यस ऐतिहासिक आन्दोलनमा सहिद बनेकाको परिवारहरु, आन्दोलनमा घाइते भएर आजसम्म अस्पतालमै रहेका र आन्दोलनकै चरणले बनाएको घाइतेहरुको घाउमा अझै मलम लगाउन सकेको छैन । 

१९ दिने जनआन्दोलनमा २६ सहिद भए । गम्भीर रूपले घाइते भएका १ सय ३७ जना अहिले पनि जीवन-मरणको दोसाँधमै छन् । सरकारले जनआन्दोलनमा गम्भीर घाइते भएका १३७ जनालाई जीवनभरी उपचार गर्नुपर्ने सूचीमा राखेको छ । तर व्यावहारमा त्यस्तो छैन । २६ जना सहिदका परिवार अहिले पनि रोइनै रहेका छन् । त्यस्तैको एउटा उदाहरणका रुपमा जनआन्दोलनमा घाइते भएका एक जना पात्रलाई आजको अन्तर्वार्तामा समेटिएको छ ।


गम्भीर रूपले घाइते भएका १ सय ३७ जना घाइतेमध्ये एक हुन् मेघराज आचार्य । उनको नाम राज्यले जीवनभरी नर्स सहितको व्यवस्थामा उपचार गर्नुपर्नेहरुको सुचीमा छन् । तर व्यवहार अर्कै छ, पोखरामा आन्दोलनकै क्रममा छातीमा गोली खाएर पनि बाच्न सफल मेघराजलाई राज्यले उपचारमा आलटाल गरेको छ । उनि भन्छन 'म मात्र होइन, १३७ जना घाइतेकै हालत खराव छ, कोहि मानसिक सन्तुलन गुमाएर बसेका छन् भने कोहि अस्पतालकै बेडमा छन् । म आफैले चार बर्ष अस्पतालको सेतो आकास हेरेर बिताएँ ।'

आन्दोलनमै लागेको गोलीको कारण उनको मुटुको अप्रेशन गर्नुपर्ने छ । बाहिरी रुपमा हेर्दा स्वस्थ जस्तो लाग्ने उनलाई डाक्टरहरुले जुनसुकै बेला हृदयघात हुनसक्ने र ढल्न सक्ने बताएका छन् । नेपालमा उपचार सम्भव नभएपछी उनलाई डाक्टरहरुले भारत गएर उपचार गराउन सल्लाह दिएका छन् तर राज्यले उनको उपचारमा सहयोग गर्नुको सट्टा नानाथरी प्रश्नहरु उठाएर झुलाउने गरेको उनको गुनाशो छ । अस्पतालमा रहँदा 'स्लो पोइजन' दिएर पहिलेनै मार्ने षड्यन्त्र भएको बताउने आचार्य आफ्नो मात्र नभई जनआन्दोलनमा सहिद भएका २६ सहिदका परिवार र गम्भीर रूपले घाइते भएका १ सय ३७ जनाकै सहयोगमा प्रयासरत छन् । उनि यसैसम्बन्धि समन्वय गर्ने एक संस्थाको अध्यक्ष समेत हुन् ।

उनले साझा सबालसंगको अन्तर्वार्तामा भनेका छन् -'म घाइते भएर ढलेपछि ८ रोपनी जग्गा सकिए, त्यहि जग्गा बेच्दै-खादै गरेको भएर बाचेको छु, मेरो बाबु-बाजेको सम्पति भएको कारण मात्र म आजसम्म बाचेको छु, नत्र उहिलै मारिसक्थे होला ।' ...  

पुरा अन्तर्वार्ता भिडियोमा हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!