प्रहरी महानिरिक्षकको बढुवामा उनै हारे म हारीन: पूर्ब एआर्ईजी जयबहादुर चन्द

Posted on: 14 Jul, 2019

अर्जुन बराल (कोरिया) | २०४४ चैत्र २९ गते नेपाल प्रहरीको प्रहरी निरिक्षक पदबाट प्रहरी सेवामा प्रबेश गरि तालिम पश्चात जय बहादुर चन्द प्रहरी महानिरिक्षक पदमा पुग्छ भन्ने अभिलासा त पक्कै थियो होला हुँनुपनि भयो तर नेपाल प्रहरीको पच्चिसौ आईजीपिको फुलि त सर्बोच्चले लगाउँनै दिएन ! प्रश्न जसरी  बुझेपनि मैले सोझै बिषयबस्तुमा केन्द्रित रहोस भनेर सोधीहालेपछि लामो हाँसोसहित एक्कैछिन नेपाल प्रहरीको ईतिहासमा कानुनले बन्देज लगाएर एआईजीमा अवकाश उनै जय बहादुर चन्द मौन भए तर प्रहरीभित्रको बढुवा बिबाद आखिर किन छताछुल्ल सतहीमा बेलाबेलामा आईरहन्छ त्यो बुझन जरुरी थियो जसमा बरियताक्रम बिबादमा पात्रहरुलाई कहिले भिलेन त कहिले खलनायक बनाएर प्रचार गरिएता पनि असली हिरो को भन्ने कोहि कसैले जान्न पाउँदैनन् हामी त्यसैलाई खोतल्न उनै जय बहादुरको मौनतालाई चिर्दै सेवा प्रबेशताका तालिमको बरिष्ठताको क्रममा तेस्रो सहित “क” ग्रेडमा तालिम सम्पन्न गर्नु भएको तपाईलाई कसरी एसएसपि बाट डिआईजीमा बढुवा गर्दा तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपाल र गृहमन्त्री भिम रावलको पालामै बरियताक्रममा तेस्रोमा पारिनु भयो हो त्यसैकारणबाट नेपाल प्रहरीको ईतिहासमा जय बहादुर चन्द आईजीपि बन्न सक्ने कुरै हुँदैनथियो त्यसैले सर्बोच्चले अन्तरिम आदेशबाट तपाईलाई रोक्यो जवाफलाई अझ बोझीलो पार्दै प्रश्न ठड्याए । 

नेपालको प्रचलित कानुन सरकारको निर्णय म कहिल्यै मान्दिन भनेको छैन र मान्नु पर्छ पनि । तत्कालीन सरकारले निर्णय गर्दा प्रहरी संगठनभित्र मैले कर्तब्यपूर्बक जिम्मेबार निर्बाह गरेकै थिय । द्धन्दको एकदशकको समयमा तत्कालीन सरकारको आदेशलाई मनन गरि सधै फिल्डमा रहेको म सरकारले गरेको मुल्याङ्कनलाई मान्दीन भन्न सुहाउँदैन थियो अनि एक,दुई को क्रमाङ्कले मेरो सफलतालाई रोक्दैनथ्यो अझ राम्रो गर्न सक्छु भन्दै जिम्मेबारमै केन्द्रित भए,अनि तत्कालीन समय २०४३ सालमा प्रहरी निरिक्षक पदबाट प्रहरी सेवामा प्रबेश गरेका एकबर्र्ष सिनिएर एसएसपिहरुलाई छोडेर सरकारले म सहित नवराज सिलवाल,प्रकाश अर्याल,बमबहादुर भण्डारीलाई डिआईजीमा बढुवा गर्दा असन्तुष्ट एसएसपिहरुले सरकारले बरिष्ठताक्रम मिच्यो भनेर सर्वोच्चमा रिट हाल्दा तत्कालीन समयका न्यायधिश कल्याण श्रेष्ठ र उनै सुशिला कार्कीको संयुक्त ईजलासले बढुवाको आधार सिनियर र जुनियर मात्रै नभई कार्य सम्पादन बढुवाको मुख्य आधार भन्दै सरकारको निर्णय सदर गरेको थियो भने तत्कालीन समयमा एसएसपिबाट डिआईजीमा बढुवा हुँदा सिनियर रुपमा रहेका लब बिष्ट आफु बढुवामा नपरेको भन्दै लोकसेवा आयोगमा उजुरी हाल्दा लोकसेवाले नै नम्बर पछाडी हुँदैमा सिनियर र जुनियर नहुँने निर्णय गरेको थियो अब भन्नुस जेष्ठता,कार्यकुशलता,कार्यक्षमता,उत्तरदायित्व बहन गर्न सक्ने क्षमता,सहित नेतृत्व प्रदान गर्ने कुशलता तथा आफुभन्दा मुनीका प्रहरीलाई प्रोत्साहन  र परिचालन गर्न सक्ने क्षमता तत्कालीन सरकारले पहिचान गरि प्रहरीको नेतृत्व सुम्पिनका लागि गरिने मन्त्रिपरिषदको निर्णयको दुई दिन अगाडी नै अधिवक्ता कपिलदेब ढकालले मन्त्रिपरिषदको निर्णय बिरुद्ध सर्बोच्चमा रिट गर्छन अनि कुनैबेला यस्तैप्रकारको घटनाक्रममा सरकारको पक्षमा फैसला गर्ने तत्कालीन न्यायधिश अनि तत्कालीन समयमा सम्माननीय प्रधानन्यायधिशको पदमा रहि कानुनको ब्याख्या गर्दा यो न्यायसंगत होईन भन्दै कार्यान्वयन नगर्न आदेश दिनुहुन्छ । अनी सत्य यही हो सम्मानित अदालतले दिएको निर्देशन सरकारले  कार्यान्वयन गरयो तर म असन्तुष्ट रहि संगठनप्रति घृणाबोध नगरी अझ जिम्मेबारसहित आफनो कार्यकाल सफलतापूर्बक निर्बाह गरे उनी भन्दै गय ।

नेपाल प्रहरीले बिरताको लागि पाउँने नेपाल महेन्द्र प्रहरी पदक सहित १२ पदक प्राप्त यि प्रहरी अफिसर प्रहरी संगठन भित्र कुनै बेला ईकाउन्टर किङ्गका रुपमा परिचित भएपनि मैले उनलाई भनिहाल्य सरकारले सबैै राम्रो गर्छ भन्ने हुदैन यो राजनीतिक ईन्ट्रेस सँग पनि जोडिदो रहेछ अनि सरकार तपाईलाई नै आईजीपि बनाउँन लागि पर्ने अर्का डिआईजी नवराज सिलवाल म नै आईजीपिको लागि योग्य हुँ तत्कालीन सरकारको निर्णय मान्दीन भन्दै अदालतनै पुग्नु पर्ने खिचडी के पाक्दैथियो सोधाई आक्रोश पूर्ण नै थियो ।

उनी भन्छन, म रिटार्यड भै सके प्रहरी संगठनलाई मजबुत बनाईराख्न रुल अफ ल लागु गरेर ल एण्ड अर्डर कायम गराउन सक्ने उपयुत्त पात्र सरकारले प्रहरीको उच्च पदमा चयन गर्छ । प्रहरी संगठनको यति लामो ईतिहासको बढुवा प्रक्रियामा बरियाक्रमले हेम बहादुर सिंह र रत्न शमशेर राणा,रमेशचन्द ठकुरी र रबिन्द्र प्रताप शाह, कसैलाई छोएन आखिर जय बहादुर चन्द लाई नै किन रोक्यो ? यो म भन्न सक्दिन यति त अबश्य भन्छु २०७४ भदौ २७ गतेको सातजना  न्यायधिश सम्मिलित पूर्ण ईजलासले मलाई मात्रै होईन भोलीका दिनमा सरकारले नियुत्त गर्ने पदको लागि सर्बोच्च अदालतले राम्रै फैसला गरेको छ । हुँन त सम्मानित अदालतले तत्कालीन समयका डिआईजी उपेन्द्रकान्त अर्याल भन्दा ११ महिना सिनियर डिआईजी पार्बती थापाले २०६९ कार्तिक २४ गते बरिताक्रमका आधारमा आफु आईजीति हुनुपर्छ भनि सर्बोच्चमा मुद्धा हाल्दा त्यसको चारबर्ष सम्म सुनुवाई भएन आखिर डिआईजी सिलवालको हकमा म नियुक्त भएको दुई घण्टामा नै रोक्न किन भनियो ? यस बिषय म बुझन सक्दिन बरु आम नागरिकले बुझन् जरुरी छ । आखिर बरिताक्रमका आधारमा बढुवा हुँनुपर्र्ने ब्याख्या गर्ने त्यो गरिमामय सम्मानित सर्वोच्च अदालतले पार्बती थापाको हकमा किन अन्तरिम आदेश दिएन, अनि २०४३ का एसएसपिहरु मनोहर रिमाल,ज्ञानेन्द्रराज बैध,पूर्णसिंह खड्का,रबिन्द्रप्रताप राणा,रामकुमार खनाललाई छोडेर एकबर्षपछि सेवा प्रबेश गरेका नवराज सिलवाल के आधारमा डिआईजी भए अनि किन उनले बरिताक्रम मिचेर मलाई बढुवा नगर्नु भन्ने सुझाब तत्कालीन सरकारलाई दिन सकेनन ? 

 तत्कालीन प्रधानमन्त्री प्रचण्ड नवराज सिलवाललाई नै आईजीपि बनाउँने पक्षमा थिए तर सत्तापक्षका नेता शेर बहादुरको दबाबले तपाईलाई नियुत्त गर्न बाध्य भएका थिय भन्ने चर्चा थियो आखिर रुल अफ ल मा बस्ने तपाई एउटा राजनीतिकदलको नेता शेर बहादुर देउवा सँग कस्तो कनेक्सनमा हुनुहुन्थ्यो र ? प्रश्न सोधीहालीयो । 

हिजो प्रहरी सेवा प्रबेश गर्दा म प्रहरी निरिक्षकमा थिए संगठनले बिभिन्न ठाँउमा दिएको जिम्मेबार सफलतापूर्बक निर्बाह गदै गए संगठन मेरो कार्र्यसम्पादन प्रक्रियाबाट सन्तुष्ट भयो त्यसैको आधारले नै म बढुवा हुँदै गय यस परिबेशमा कति सरकार बने यसको मतलब यो होईन कि सबैसँगको कनेक्शनले म बढुवा भए । प्रहरी संगठनभित्रको कार्यसम्पादन मुल्याङ्कन संगठनभित्र हुन्छ कुनै राजनीतिक दलको शरणमा पाउँ मोलेर हुदैन र  गर्न सकिदैन पनि । अनी आजसम्म भएका सबै आईजीपि नियुत्तीहरुमा तत्कालीन सरकारको निर्णय हुन्छ यो त्यो दलको भन्ने हुँदैन बरु तपाई आफै भन्नुहोस रिटायर्डको यतिका समयसम्म पनि म कुनैदलमा आबद्ध छैन यसलाई राजनीतिक कनेक्सशका रुपमा कसरी लिनुहुन्छ उनी थप्छन ।

अन्तमा उनलाई थपे कहिकतै हिजोका आफना प्रतिद्धन्दी डिआईजी नवराज सिलवालले अदालतको शरणमा गएर तपाईको आईजीपि यात्रामा ब्रेक लगाए, आफुले राजिनामा दिई तत्कालीन नेकपा एमालेबाट टिकट लिई प्रत्यक्ष निर्बाचनमा जनताले चुनेर सांसद बनेका छन् तपाईसँग कस्तो सम्बन्ध छ आजभोली ?

गज्जब सोध्नुभयो (हाँस्दै) मैले कहिल्यै नवराज सिलवालसँग दुस्मनी मोलेको छैन र मोल्दीन पनि । हुँन त प्रत्यक्ष फोन सम्र्पक भएको छैन हामीबिच मित्रवत ब्यबहार छ कहि कतै कार्यक्रममा भेटीदा हातमिलाउँने देखि हाईहेल्लो सबै हुन्छ । उनी आज माननीय हुँन हिजो संगठनमा हुँदा संगठनको नुर गिराउँने काम गरेनन् भलै आईजीपि सम्बन्धी घटनाक्रममा म सँगको उनको लडाई होईन सरकारसँगको हो बरु उनी यसमा हारे प्रहरी संगठनमा एउटा घटनाक्रममा उनको लडाईमा प पनि पात्रको रुपमा खडा भए । यसैलाई लिएर म बस्दिन तर उनको राजनीतिक यात्रा सफल होस ।  

(नेपाल प्रहरीका पूर्ब एआईजी जयबहादुर चन्दसँगको कुराकानीको सम्पादीत अंश)

यस बिषयमा तपाइको प्रतिक्रिया...!