सुटिङ सुरु नहुँदै आयो 'लुट-२' को ट्रेलर, लुट्ने दिन फागुन १३ (भिडियो)

Posted on: 31 May, 2016

जेठ १८, काठमाडौं । फिल्म 'लुट-२' को ट्रेलर सार्वजनिक गरीएको छ । फिल्मको सुटिङ सुरु नहुँदै डेढ मिनेट लामो ट्रेलर सार्वजनिक गरीएको हो ।
loot 2

राजधानीमा एक कार्यक्रम गरी सार्वजनिक गरीएको सो ट्रेलरमा सौगात मल्ललाई फिचरीङ गरीएको छ । साथै फिल्ममा सौगातका साथै, दयाहाङ राई, कर्मा, ऋचा शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहने छ । फिल्मलाई निश्चल बस्नेतले निर्देशन गर्दैछन् ।

फिल्मलाई माधव वाग्ले, नरेन्द्र महर्जन र निश्चल बस्नेतले निर्माण गर्दैछन् । फिल्मको सुटिङ यसैसाता बाट सुरु हुने कार्यक्रममा जानकारी दिइएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!