बाँच्नका लागि ओछानमा संघर्ष गर्दै अमर, आर्थिक अभावले उपचारमा समस्या

Posted on: 20 Mar, 2017


धिराज आर. सी./चैत ७, जाजरकोट । अमर टमटा अहिले १७ वर्षका छन, उनि बोल्न, सुन्न र हिडँडुल गर्न सक्दैनन् । त्यसैले जन्मेदेखि नै उनी ओछयानमा  छन् । उनका लागि एक जना दैनिक हेरालो बस्नुपर्ने बाध्यता परिवारको छ । जाजरकोट ढिमेको घरङगाका अमर बहादुर टमटा जन्मेदेखि नै यस्तै जीवन बाँचिरहेका छन् । 

अमरलाई खाना र दिसा पिसा समेत गराउनुपर्ने भएकाले परिवारमा समस्या छ । आमाको मृत्युपछि समस्या अझै बढेको छ । सानै उमेरमा अमरमा समस्या देखिएको थियो। तर उनलाई उपचारका लागि अस्पताल लगिएन । आर्थिकरुपमा विपन्न उनको परिवारले धामी र झाँक्री बोलायो तर धामी र झाँक्रीले दिएको मन्त्रले काम गरेन । 


अमरको हेरचाह गर्दागर्दै आमा बितिन् । आमाको मृत्युपछि परिवारमा समस्या थपिएको बाबु जने  टमटा बताए । श्रीमतीको मृत्युपछि छोराको हेरचाह गर्नुपर्ने भएकोले उनी नियमित काममा जान पाएका छैनन् । उनलाई छोराको उपचार गराउने इच्छा छ, तर पैसा छैन् । उनि यस गाउका एक सुकम्बासी हुन् । 

छोराको उपचारमा सहयोग पाउने आशामा गाविसदेखि सदरमुकामसम्म धाए । तर रित्तै हात फर्कनुपरेको बाध्यता सुनाउछन,‘कतैबाट सहयोग हुन्छ कि भनेर धेरै ठाउँ धाएँ,  तर उपचार लागि अहिलेसम्म कसैले सहयोग गरेको छैन । 


जनेका ४ छोरा र ५ छोरी छन् । जेठी छोरीको विवाह भइसकेको छ । जेठो छेरा भारत गएको छ फर्किएको छैन । उनको बसोबासका लागि गाउँलेहरुले सार्वजनिक जग्गामा खरले छाएको सानो टहरा बनाइदिएको स्थानीय धन बहादुर सिंहले बताए । 

‘उसको परिवार ठुलो भएको र काम गरि खाने अवस्थाका कोही नहुँदा गाँउको सामुदायिक वनको हेरालु बनाएदिएका छौ । गाँउका १३८ घरधुरीले धान मकै गहुँ, जौ उठाएर दिने गरेको धन बहादुर सिंहको भनाई छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!