गाउँमा आइरन चक्की छैन, तर म्याद गुजारेर ३० लाख चक्की जलाइयो

Posted on: 12 Sep, 2021

हेमन्त केसी | भदौ २७, जाजरकोट | जाजरकोटका गाउँवस्तीमा आइरन चक्कीको अभाव छ । तर, स्वास्थ्य सेवा कार्यालय जाजरकोट भने चक्की गाउँघरका स्वास्थ्य संस्थामा पुर्‍याउँदैन, बरू म्याद गुजारेर जलाउँछ  । यो हरेक वर्षजसो दोहोरिने घटना हो । 

स्रोतका अनुसार पछिल्लो पटक ३० लाख आइरन चक्की जलाइएको छ । स्वास्थ्य कार्यालयका प्रमुख टिकाराम जैसीसँगसम्पर्क गर्न खोज्दा फोन सम्पर्क भएन ।

गर्भवती र किसोरीलाई आइरन चक्की निःशुल्क उपलब्ध गराउने सरकारको नीति छ । सुत्केरी अवस्थामा रक्तअल्पता हुने भएकाले आइरन चक्की प्रयोग गरिन्छ । 

साउनमा भेरी नगरपालिकाले स्वास्थ्य सेवा कार्यालयसँग आइरन चक्की माग्दा उपलब्ध गराएको थिएन । अहिले जिल्लाका ६ वटा पालिकामा रहेका स्वास्थ्य संस्थामा आइरन चक्कीको चरम अभाव छ । 

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले आइरन चक्की जलाएको विषयमा आफूलाई जानकारी नभएको बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!