जाजरकोटमा बाम गठबन्धन ६१३ मत सहित अग्रता लिंदै

Posted on: 07 Dec, 2017

मङ्सिर २१, जाजरकोट | जाजरकोटको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ | 

मत परिणाम अनुसार बाम गठबन्धनका उम्मेदवार माओवादी नेता शक्ति बहादुर बस्नेत ६१३ मत सहित अग्रता लिंदै अगाडी बढेका छन् भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका राजिव विक्रम शाहले ४३४ मत प्राप्त गरेका छन् | 

एक मात्र निर्वाचन क्षेत्र भएको जाजरकोटमा पहिलो चरण अन्तर्गत गत १० गते निर्वाचन भएको थियो | यहाँ प्रदेश सभा अन्तर्गत निर्वाचन क्षेत्र १को (क) मा माओवादी केन्द्रका गणेशप्रसाद सिंह र नेपाली कांग्रेसका बेदराज सिंह प्रतिष्पर्धामा छन् भने निर्वाचन क्षेत्र १ को (ख) मा नेकपा एमालेका करवीर शाही र नेपाली कांग्रेसका दिपकजंङ्ग शाह चुनावी प्रतिष्पर्धीमा छन् | प्रदेश अन्तर्गतको मत परिणाम सार्वजनिक भएको छैन | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!