सुस्त मनस्थितिकि वालिका बलात्कृत

Posted on: 12 Oct, 2017

धिराज आरसी/असोज २६, जाजरकोट । जाजरकोट छेडागार नगरपालिका १० झाप्राकी १५ वर्षीय सुस्त मनस्थिति भएकी बालिका बलात्कृत भएकी छन् । सोही ठाउँका ६४ वर्षीय मोती पुनले बालिकालाई जवरजस्ती करणी गरेको प्रहरी निरीक्षक मधु न्यौपानेले बताए ।

आफ्नै घरमा सुतिरहेकी बालिकालाई पुनले गत शनिवार राति १० बजे कोठामा पसेर बलात्कार गरेको प्रहरी निरीक्षक न्यौपानेले बताए । पीडितका बाजेले बलात्कार गरेको थाह पाएपछि कोठामा ताला लगाएर पुनलाई थुनेका थिए ।

पुनले बालिकालाई कोठामा थुनेर बलात्कार गरेको उनले बताए ।  पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पीडितको जाहेरी अनुसार बलात्कारका आरोपी पुनलाई जिल्ला जाजरकोटबाट म्याद थप लिई जवरजस्ती करणी मुद्दा अन्तर्गत अनुसन्धान भैरहेको निरीक्षक न्यौपानेले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!