जाजरकोटमा भाइरलका कारण थप एकको मृत्यु

Posted on: 09 Jan, 2018

पुस २५, जाजरकोट । जुनीचाँदे–३ मा भाइरलका कारण थप एक जनाको आज बिहान मृत्यु भएकोे छ । 

जुनीचाँदे गाउँपालिका–३ का ५८ वर्षीय लालबहादुर भण्डारीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो । भण्डारी तीन दिनदेखि बिरामी हुनुहुन्थ्यो । 

अहिले गाउँपालिकाका विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी उपचारसमेत जारी राखिएको खत्रीले बताउनुभयो । 

यससहित भाइरलबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । यहाँ बालबालिका र वृद्धलाई भाइरलले निकै सताएको छ । रासस  


यस बिषयमा तपाइको प्रतिक्रिया...!