सुर्खेत जिप सिम्तामा दुर्घटना, चालकसहित ३ जना घाइते

Posted on: 25 Jan, 2019

माघ ११, सल्यान । नेपालगन्जबाट जाजरकोट नलगाड नगरपालिका तिर जाँदै गरेको ग १ ज ४८०२ नम्बरको जिप सुर्खेत सिम्तागाउपाली वडा न ६ खहरेखोला नजिकै दुर्घटना हुदा चालक सहित ३ जना घाइते भएका छन । 

घाइते हुनेमा जाजरकोट जिल्ला नलगाड नगरपालिका ८ का वर्ष ६०  मन ब शाही, ऎ ऎ बस्ने वर्ष २९ कि सरस्वती सुनार र जिप चालक जाजरकोट जिल्ला नलगाड नगरपालिका वडा न ८ का वर्ष २४ का प्रेम ब बिक घाइते भएका छन । घाइते सबैको मेहेलकुन अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय बादेपिपलका इन्चार्ज श्याम शाहले जानकारी दिएका छ्न । जिप सडक बाट ३० मिटरतल खोलामा गएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!