रुकुम चौरजहारी घटनामा बेपत्ता मध्ये पाँचौं शव भेटियो

Posted on: 28 May, 2020

जेठ १५, काठमाडौं । रुकुम पश्चिमको चौरजहारीमा अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा भएको घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

चौरजहारी नगरपालिका–८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका भेरी नगरपालिका–४ का १९ वर्षीय सञ्जु विकको शव बिहीबार फेला परेसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।

जाजरकोटका डीएसपी किशोर श्रेष्ठका अनुसार सञ्जुको शव छेडागाड नगरपालिका–१३ स्थित कालाभीर नजिक भेरी नदीको किनारमा फेला परेका हो । भेरी नदी किनारमा तैरिरहेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीले खबर गरेका थिए ।

यसअघि बुधबार भेरी नगरपालिका–११ का अन्दाजी २० वर्षीय लोकेन्द्र सुनारको शव भेरी नदीमा तैरिरहेको अवस्थामा फेला परेको थियो । ६ जना मध्ये दुई जनाको शव शनिबार नै फेला परेको थियो भने एक जनाको शव सोमबार फेला परेको थियो । अझै एकै जना भने बेपत्ता छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!